श्रीमानले बन्चरो प्रहार गरी श्रीमतीको हत्या

श्रीमानले बन्चरो प्रहार गरी श्रीमतीको हत्या

तेह्रथुमको दागपा ५ मा आज बिहान श्रीमानले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
स्थानिय ५० बर्षिय मन बहादुर लिम्बुले मादक पदार्थ सेवन गरि ५२ बर्षिया श्रीमती धन कुमारी लिम्बुको हत्या गरेका हुन् । आपसी बिवादमा बन्चरोले श्रीमतीलाई प्रहार गर्दा उनको मृत्यु भएपछी स्थानिय गांउलेहरुले निज मन बहादुर लिम्बुलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय बसन्तपुरबाट प्रहरी टोली खटीगई कानुनी प्रकृया पुरा गरेको छ । मनबहादुर लिम्बुलाई नियन्त्रणमा राखी कारवाही प्रकृया समेत अगाडी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्