पथरीबाट ईटालियन पेस्तोल सहित पक्राउ

पथरीबाट ईटालियन पेस्तोल सहित पक्राउ

मोरङको पथरीबाट ईटालियन पेस्तोल सहित पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे ८ स्थीत भुटानी शरणार्थी शिविर शनिश्चरे सेक्टर १४ हट नम्बर ३६ का ३० बषर््िाय आईतराज राइ रहेका छन् ।
राईको घरबाट ईटालीमा बनेको पेस्तोल एक थान र त्यसमा लाग्ने म्यागजिन १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।
सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय पथरीबाट गएको प्रहरी टोलीले पेस्तोल सहित राईलाई पक्राउ गरेको हो ।
प्रहरीले उनलाई असोज १९ गते पक्राउ गरेको थियो । अनुसन्धानपछि राईलाई हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्