जीवन (कविता) – शर्मिला पोखरेल अधिकारी

जीवन (कविता) – शर्मिला पोखरेल अधिकारी

sharmila adhikari
तिमि जीवनलाई दु:खको सागर भन्छौ
म त्यहि जीवनमा सुखको महासागर भेट्छु
तिमि काँडामा निर्मम जिन्दगीको पिडा देख्छौ
म त्यहि काँडामा जीवनको सार्थकता भेट्छु
यति त फरक छ तिमि र म मा
तिमि यँहा हरेकक्षन आफ्नै लागि बाँच्छौ
म त केवल यँहा हरपल अरुकै लागि बाँच्छु
सायद हाम्रो जीवनको भोगाई
फरक भएर नै होकी?
तिमि जीवनको अपुर्नतालाइ खोज्छौ
म जीवनको पूर्णता पाउछु
तिमि निरर्थक कुरामा अकारण दु:खी बन्छौ
म त्यहि दु:खमा अनन्त सुख खोज्छु
म हरेक असुन्दरतामा सुन्दरता पाउँछु
तिमि सुन्दरतामा पनि कुरुपता खोज्छौ
सायद तिम्रो दृष्टिकोण
फरक भएर नै होकी?
ती मायाको पनि घृणाको उच्छवास पाउँछौ
म घृणामा पनि ममताको आभास पाउछु
तिमि जस्तो सोच्छौ
त्यस्तै बन्छ यो जिन्दगी
आँखाहरु फरक छन् हाम्रा
र त फरक छ यो जिन्दगी!
ढुंगामा फुल फुलाउने कोमल यो जिन्दगी
फूललाई पनि ढुंगा देखने
कठोर यो जिन्दगी
कठोर यो जिन्दगी!!!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्