आदरणीय तिमि,
तिमि र म संगै पढेका तर अलग-अलग बिद्यालय मा ! तिमि र म संगै खेलेका तर अलग-अलग चौर मा ! तिमि र म हिंडेका एकै उदेश्यका साथ् तरफरक-फरक समयमा ! हाम्रो बाल्यकाल संगै बित्यो तर अलग-अलग ठाऊँमा ! धेरै पछि गएर तिम्रो र मेरो देखा-देख भयो तर हामि कहिल्यै एक-अर्कासंग बोलेनौं ! हामि सधैं अप्रतक्षरुपले संग-संगै हुर्कियौं !
खै ! तिमीले म प्रति कत्तिको चासो दियौ , मलाई थाहा छैन तर मैले चाहिं तिमि प्रति सधैं चासो दिएँ ! चासो अरुथोक मा हैन नि ! चासो तिम्रो पढाईकोबारेमा ! थाहा छ किन ? किनकि , म पनि पढ्नुपर्छ भन्ने कुरामा सार्है सचेत थिएँ ! मेरा पुर्खाले खुबै धेरै पढेका छन जस्तो लाग्थ्यो ! नभन्दै , मभन्दा तिन -चार पुस्ता अघि नै मेरा जिजु-बराजे पण्डित भैसकेका थिए ! पण्डित को नाति-पनाति मैले पनि खुब धेरै पढ्नुपर्छ भन्ने कुरो मेरोदिमागमा खोपिएर बसेको थियो ! झन् त्यसमाथि, कक्षा शिक्षक ले आफु भन्दा माथिल्लो कक्षामा लगेर अंग्रेजी शब्दका ठुला-ठुला /लामा-लामास्पेलिंग हरु कसरि भन्नुपर्छ सुनाईदेउ त भनेर हौस्याएकाले , म त कस्तो जान्ने पो रहेछु भनेर मख्ख पर्थें ! त्यस्तोबेलामा , तिमि त म भन्दा पनिजान्ने छौ अरे भनेको सुनेपछि नै हो मैले तिमि प्रति अप्रतक्षरुपले चासो दिनथालेको !
एक दिन त हदै भयो ! मैले थाहा पाएँ कि तिम्रो माता ले त ठुला--ठुला उपन्यास पनि पो पढ्नुहुँदो रहेछ भनेर ! त्यो दिन म छाँगा बाट खसेको झैं भएँ !किनकि मेरी आमा , जो तिम्रो माता को उमेर भन्दा पनि भर्खर कि हुनुहुन्थ्यो, निरक्षर हुनुहुन्थ्यो ! त्यो दिन मैले हार खाएँ ! मैले बुझें कि मेरोपरिवार भन्दा तिम्रो परिवार नै बढी साक्षर रहेछ ! जुन घरमा उमेर पुगिसकेका महिला साक्षर हुन्छन , त्यो घर त शिक्षा को खानि नै भैहाल्यो नि ,मलाई त्यस्तै लाग्यो !
अनि तिमि म भन्दा स्व:तह रुपले जान्ने रहेछौ भन्ने लाग्यो र मैले अप्रतक्षरुपले तिमीसंग सरेन्डर गरें तर उदेश्य मा चुकिन !
हुन त मेरो रगतमा पनि पण्डित को अंश बगिरहेकोथियो भन्नेकुरा मलाई पहिले नै थाहा थियो तर खै ! किन हो मैले तिमीलाई जित्न सक्दिन होलाभन्ने एक प्रकार को हिन भावना पलाईसकेको थियो ! त्यहिपनि , म मेरा साथीहरु लाई , जो तिमिसंगे एकै कक्षामा पढ्थे , सोधी रहन्थें कि तिमीलेकुन-कुन बिषयमा कति-कति नम्बर ल्यायौ ! अनि म तिम्रो नम्बर र मेरो नम्बर तुलना गरेर सन्तुष्ट हुन्थें ! जब तिमि उच्च -शिक्षा को लागि विदेशगयौ , मैले चाहेर पनि तिमि प्रति चासो राख्न सकिन ! यद्यपि , म तिम्रो परिवार प्रति सधैं सकारात्मक नै भैरहे !
त्यसैले होला , तिम्रो परिवार एक ठाऊँ बाट सरेर हाम्रो गाऊँ आएका बेला , हाम्रा गाऊँले हरुले तिम्रो परिवारको बारेमा केहि नकारात्मक कुरा गर्दामैले भनेको थिएँ कि हात्ती दुब्लाएर मुसो बन्दैन र मुसो मोटाएर हात्ती बन्न सक्दैन !
मेरो कुरोलाई उनीहरुले रुपियाँ -पैसामा तौलेर हाँसोमा उडाएका थिए तर मैले त विद्वताको कुरो पनि गरेकोथिएँ ! नभन्दै , आज तिमि डलर मात्रैकमाऊदैनौ , डलर बनाउनेहरुलाई सल्लाह र सुझाव दिने ठाऊँ मा छौ !
आज मलाई गर्व लाग्छ कि मैले हिजो तिमीसंग अप्रतक्षरुपले भए पनि केहि समय साथ्-साथ् बिताएको थिएँ ! विज्ञानको चमत्कारले आज हामिहिजोको त्यो अप्रताक्षता लाई सजिल्यै प्रताक्षतामा बदल्न सक्छौं ! तिम्रो सानो संसार र फूल-बारी देखेर म धेरै खुशी भएँ ! फूलबारीको माली देखेर मअलिकति भावुक पनि भएँ ! किनकि म सामान्य भन्दा अलिकति बढी राम्रा मालिहरु देख्दा भावुक हुने गर्छु ! यो मेरो खै ! कुन खालको कमजोरी हो ,आफैं बुझ्न सक्दिन !
समयको खेल बडो अनौठो छ ! आज यत्ति धेरै बर्ष पछि हामि फेरि अप्रतक्षरुपले एक-अर्का संग गाँसीन पुगेका छौं ! हामि जो जहाँ भए पनि असलबाटोमा उही पहिले कै जसरि एकै उदेश्य ले हिंडिरहेका छौं !
हामि फरक लिंगी भएका भए , यहि पत्रलाई दुनियाँ ले अर्कै नजरले हेर्थ्यो होला ! धन्य छ भगवान तिमीलाई !
उही तिम्रो पुरु !