मोरङको बनिगामामा चतरा सुनसरी मूल नहरले बगाएर ल्याएको एक अपरिचित पुरुषको शव आज फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बनिगामा–१ स्थित रुद्रचोक स्थित नहरमा अपरिचित व्यक्तिको शव फेला परेको हो ।
शव आवश्यक परीक्षणका लागि कोसी अञ्चल अस्पताल विराटनगर ल्याइएको छ । यसैगरी मोरङ बेलबारी–४ स्थित नाम, थर, वतन नखुलेको मानसिक सन्तुलन ठीक नभएकी अन्दाजी ४० वर्षीया पहाडे मूलकी देखिने महिला मृत अवस्थामा फेला परेको छ ।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।