६ बर्षकी भतिजी बलत्कार गर्ने एकजना पक्राउ

६ बर्षकी भतिजी बलत्कार गर्ने एकजना पक्राउ

बिराटनगर असोज २६ ः ६ बर्षकी बालिका भतिजीलाई जबरजस्ती गर्ने एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङ्गको केराबारी ६ बाट आफ्नै भतिजीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ती युवालाई पक्राउ गरेको हो ।
घरमा कोही नभएको मौका छोपी ६ बर्षिया भतिजीलाई बलात्कार गरेको आरोपमा २१ बर्षिय ती यूवा आइतबार बिहान पक्राउ परेका हुन् । घटनाबारे प्रहरीमा सुचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारी बाट गएको टोलीले उनलाई पक्राउ गरेको हो ।
पिडित बालिकालाई स्वास्थ्य परिक्षणका लागी स्थानिय अस्पताल पठाइएको छ । इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ परेका बिश्वकर्मालाई नियन्त्रणमा राखी अनुसन्धान एवं कारवाही प्रकृया अगाडी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्