एमाओवादी सहितका २२ दलले सुनसरीको इटहरीमा विरोध सभा आयोजना

एमाओवादी सहितका २२ दलले सुनसरीको इटहरीमा विरोध सभा आयोजना

एमाओवादी सहितका २२ दलले सुनसरीको इटहरीमा विरोध सभा आयोजना गरेका छन् । पहिचानसहितको संविधान निर्माणमा दबाव दिन २२ दलले घोषणा गरेको आन्दोलनका क्रममा इटहरीमा संयुक्त विरोधसभा आयोजना गरिएको हो ।
इटहरीमा भएको सभा व्यवस्थापनको जिम्मा कुमार लिङदेन संघीय लिम्बुवान राष्ट्रिय पार्टीले लिएको थियो ।
इटहरीमा लिम्बुवानले शक्ति प्रदर्शन गर्ने भन्दै झापा मोरङ र सुनसरीका कार्यकर्तालाई आज इटहरीमा भेला पारेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले पहिचानसहित संघीयता नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । विरोध कार्यक्रममा एमाओवादी महासचिव कृष्णबहादुर महराले एमाले र कांग्रेसले अघि सारेको संघीयताको मोडेल आफूहरुलाई मान्य नहुने बताउनु भयो ।
मुलुक पहिचानसहित संघीयता पक्षधर र त्यसका विरोधीहरुको बीचमा विभाजित हुँदै गएको प्रसंग जोड्दै महराले एमाले र कांग्रेसले यथास्थितिवादको नेतृत्व गरिरहेको आरोप लगाउनु भयो । दुई(तीन बर्ष संविधान निर्माण नगर्ने र मुद्दाहरुलाई कमजोर बनाएर संविधान जारी गर्ने योजनामा एमाले र कांग्रेस लागेको आरोप लगाउदै नेता महराले कुनै पनि हालतमा पहिचानविनाको संघीयता स्वीकार्य नहुने बताउनु भयो ।
संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङदेनले लिम्बुवानमा संघीयता निभ्न नदिने घोषणा गर्नु भयो । लिङदेनले निर्वाचनमा मात्र समानुपातिक नभई राज्यका सबै तहहरुमा आदीवासी जनजातीको समानुपातिक सहभागिता हुनु पर्नेमा जोड दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्