झापाका बरिष्ठ पत्रकार, शिक्षक, किसान, महिला तथा विद्यार्थीलाई एक समारोहका बीच पुरस्कृत

झापाका बरिष्ठ पत्रकार, शिक्षक, किसान, महिला तथा विद्यार्थीलाई एक समारोहका बीच पुरस्कृत

जय नेपाल प्रतिभा प्रोत्साहन प्रष्तिठानले झापाको काँकभिट्टामा एक कार्यक्रमका बीच विभिन्न पुरस्कारबाट ११ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ ।
समाजमा योगदान पु¥याउने झापाका बरिष्ठ पत्रकार, शिक्षक, किसान, महिला तथा विद्यार्थीलाई एक समारोहका बीच पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुनेमा द्रोणाचार्य–शेरबहादुर झापा ज्योति पुरस्कारबाट झापाका बरिष्ठ पत्रकार तथा साहित्यकार नकुल काजी, तुलसा–पर्शुराम उत्कृष्ट शिक्षक पुरस्कारबाट झापा भद्रपुरका शिक्षासेवी प्रमोदचन्द्र शर्मा रहनु भएको छ ।
यस्तै देवी–लक्षीमा अग्रणी महिला पुरस्कारबाट समाजसेवी गंगादेवी जोशी, गणेश–नील प्रतिभा पुरस्कारबाट अम्बिका निरौला, मोहन–टेकबहादुर उत्कृष्ट पुरस्कारबाट मेचीनगर–६ का थोप्ले विरान, कृषक समूह र २०७० सालको एसएलसी परीक्षामा उत्कृष्ठ अङ्क ल्याएर पास गर्ने विद्यार्थीहरु सिंहदेवी उमावि खुदुनाबारीका अमित चौहान, हिमाली उमावि दमककी समीक्षा अर्याल, चुलाचुली बोर्डिङ स्कुलकी प्रकृति गौतम र नर्थ पोइन्ट बोर्डिङ स्कुलकी एसिला सुबेदी हुनुहुन्छ ।
पुरस्कृतहरुलाई १० हजार राशिको पुरस्कारसहित सम्मानपत्र र दोसला ओढाएर नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य यज्ञराज प्रसाईले सम्मान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्