विश्व हात धुने दिवस मनाइयो ।

विश्व हात धुने दिवस मनाइयो ।

विश्व हात धुने दिवसका अवसरमा बीरता जेसीज र एनसेलको संयुक्त आयोजनामा आज बिर्तामोडकोे अतिथि सदनदेखि मुक्ति चोकसम्म सरसफाई गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले साबुन पानीले हात धोएर र बढारेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा अभिनेत्री निशा अधिकारी, बीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकृुमार बस्नेत, एनसेलका रिजनल डेभलपमेन्ट युनिट हेड विनम श्रेष्ठले मन्तव्य राख्नु भएको थियो ।
बिर्तामोड नगरपालिकासँगको समन्वयमा भएको कार्यक्रममा बिर्तामोडमा रहेका विभिन्न संघ संस्थाका अध्यक्ष लगायत संघ संस्थाका प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियोे । एनसेलद्वारा व्यवस्थापन गरिएको सरसफाई पोशाकलगाएर बिर्तामोड सरसफाई अभियानमा ५ सय भन्दा वढीले सहभागिता रहेको थियो ।
अभियानकै क्रममा इलाका प्रहरी कार्यालयको पर्खालमा क्षितिज ज्ञवाली र यालुङ साम्पाङले वातावरणीय चेतनामूलक ‘म्युरल आर्ट पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्