दर्ता नभएका ईलेक्ट्रीक रिक्साहरु हटाउने अभियान शुरु

दर्ता नभएका ईलेक्ट्रीक रिक्साहरु हटाउने अभियान शुरु

क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय ईटहरीले यातायात ब्यवस्था कार्यालयमा दर्ता नभएका ईलेक्ट्रीक रिक्साहरु हटाउने अभियान शुरु गरेको छ । रिक्सा ब्यवस्थीत गर्नको लागि त्यस्ता सवारी पनि दर्ता गर्नु पर्ने भएकोले यातायात ब्यवस्था कार्यालयमा दर्ता नभएका रिक्सा चलाउन प्रतिबन्ध लगाईएको हो ।
अहिले सञ्चालनमा आएका तर दर्र्ता नभएका रिक्साहरुलाई रोक लगाउन थालिएको क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरबहादुर केसीले जानकारी दिनुभयो ।
आज बिहान रेडिया पुर्बेली आवाजसँग कुरा गर्दै केसीले इटहरीबाट शुरु भएको अभियान पुर्बका सबै जिल्लामा आगुगरिने बताउनुभयो ।
यातायात ब्यवस्था विभागले सबै ईलेक्ट्रीक रिक्सालाई दर्ता नगर्न स्थानीय निकायलाई पत्राचर गरेपछि स्थानीय निकाय गाबिस र नगरपालिकाले रिक्सा दर्ता गर्न छाडेका छन् । अब यातायात यवस्था कार्यालयम मार्फत दर्ता गराउने अभियानमा ट्राफिक लागेको उहाँको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्