टि.यु. सुध्रनुपर्छ -सुरज सुवेदी

टि.यु. सुध्रनुपर्छ -सुरज सुवेदी

surajपरिक्षा नियन्त्रण कार्यालय वल्खु मा म सँगैट्रान्सकिप निकाल्ने फर्मवुछाउनका लागी लाममा वसेका केहि विद्यार्थी साथीहरू यसो भन्दै थिए :
-"परिक्षा दिएको आठ महिनामा रिजल्ट आयो । तीन वर्षमा सकिनुपर्ने व्याच्लर सकिन साँढे चार वर्ष लाग्यो । अझै कति ढिलो हुने हो ।त्यसमाथी यो ट्रान्सकिप
निकाल्ने प्रकृया पनि कस्तो झण्झट । कहिले यतावाट उता पटाउछ, कहिले उतावाट यता
। कुन कोठा कता हो चिन्न पाउनु हैन । सोधेर पत्ता लाउन पनि उज्यालो मुखले वुझ्नेगरि उत्तर दिने कर्मचारी भेटिदैनन् "हातमा दुईटा विल वोकेका अर्का एकजना को भनाई
यस्तो थियो, "सर्टिफिकेटमा नाम गलत भयो रे । सच्याउन दुईसय तिर्नुपर्ने रे । गलत भएको कसले गर्दा? उसका कर्मचारी ले कम्प्युटर टाईप गर्दा गरेको मिस्टेकको भर्पाई हामीले किन  गर्नुपर्ने होला?
देशको अग्रणी विश्वविद्यालयको प्रशासनिक हालत यस्तो छ ।" अलिक मधुर अनुहार लगाएका अर्का एकजना अरू कसैसँग गुनासो गर्दै थिए, "रिटोटलिङ गर्न आएको । परिक्षा एकदमै राम्रो गरेको थिए, तरपनि के गरि कपि काट्छ खै । सोचेभन्दा आधा नि आएनछ नम्वर । हो र? एकमहिना पो लाग्छ रे?(उनको साथी आएर रिटोटलिङ को नतिजा आउन एकमहिना लाग्छ रे भनेर सुनाएपछि ।) व्याच्लर पढ्न थालेको चार वर्षपछि आफ्नो ट्रान्सक्रिप्ट लिने प्रकृयाका लागी म परिक्षा नियन्त्रण कार्यालय वल्खु पुग्दा भौचर काट्ने ठाउमा भिँड थियो
।सजिलो गरि वसेर लेख्ने सम्म ठाँउ नभएका कारण सवैजना यता र उता फर्किएर जेनतेन लेखिरहेका थिए । मैले पनि एकतिर यसो घुस्रिएर काम सकाए । ग्लोवल आईएमई व्याङ्कमा पैसा तिर्ने भौचर भरेर पैसा तिरेपछि विल काट्ने ठाँउमा जानुपर्यो । त्यहाँ गएर व्याङ्कमा पैसा तिरेको भौचर र ट्रान्सकिप पाँउ भन्ने
वेहोराको निवेदनात्मक फर्म एकैसाथ वुझाएपछि छाप लाग्ने र कम्प्युटर विल वन्ने
रहेछ । अनि त्यो विलमध्ये टाईप भएर आएको आफ्नो विल लिन पल्लो झ्याल तिर सर्नुपर्ने रहेछ  । विल आईसकेपछि यो फलानाको भनेर एनाउन्स पनि गरिदैन रहेछ । विल लिन वस्नेमध्ये नै एकले पढेर सुनाउछन् । उसले आफ्नो नभेटुन्जेल पढिदिन्छ र भेटिएपछि अर्को लाई छोडेर जान्छ । अनि अर्को ले  सुनाउन थाल्छ । त्यसरि कुनै कर्मचारी विना विल वितरण गर्दा विल हराउने समस्या हुनेरहेछ । बारा जिल्लावाटआएका  एकजना को हराईपनि हाल्यो । हल्ला गरेपछि खोजिलाग्दा झ्याल मुन्तिर खसेको भेटियो । कम्प्युटर टाईप भएर आउने विल सहि टाईप भएरै आउछ भन्ने निश्चित पनि नहुने रहेछ । चितवन क्याम्पस पढ्ने वहिनीको ट्रान्सकिप वनाईदिन आगका अर्का एकजनाको नाम गलत टाईप भएर आएछ । लगभग थर नै नवुझिने गरि ।"कस्ता कस्ता मान्छे राखेको छ टाईप गर्न,त्यति प्रश्ठ नाम लेखेर दिएको यहि हो टाईप? अव भोली आयोभने  विलमा नाम गलत छ, यति तिरेर सच्याउनुस भन्न वेर छैन ।" उनि कराए । त्यहि समस्या
आउनसक्छ भनेर उनि पुन भिँडमा घुस्रिए र नया विल वनाउन लगाईहाले ।
त्यसरि जेनतेन विल र निवेदनात्मक फर्मलाई स्टिज गरेर अर्को कोठामा वुझाएपछि
ईन्ट्रि हुन्छ र साथमा जवाफ आउछ,"पन्द्र दिनमा आउनुस । "टियु को शिक्षणपद्धति र प्रशासनिक दुरावस्था ले
कसरि विद्यार्थी हरूलाई मारमा पारिरहेको छ भनेर वुझ्न परिक्षा नियन्त्रण केन्द्रका यि थोरै प्रतिनिधि उदाहरण
हरू पर्याप्त छैनन् । अन्य कयौ उदाहरणहरू छन् । धेरैको दिएको परिक्षामा एप्सेन्ट आएका छन् । फेल नहुनुपर्ने फेल भएका छन् । त्यसलाई चेक गर्नुपरे महिनौ लाग्छ । त्यतिन्जेल पर्ने मानशिक तनावको हिसाव कसले गर्ने । टियु अन्तरगत पर्ने प्रायःजसो सम्पुर्ण संकायहरू तथा तिनका आङ्गीक र सम्वन्धन
प्राप्त सम्पुर्ण क्यनम्पसहरूमा पढ्ने विद्यार्थी हरू ले भोगेको पिडाको यथार्थ
भनिसाध्य छैन, लेखिसाध्य छैन । प्रमाणपत्र तह फेज आउट भएकाले  त्यस तहमा अहिले नपर्ला तर स्नातक र स्नातकोत्तर तहमा पढ्ने विद्यार्थी ले भर्ना सुरू भएदेखि ट्रान्सकिप ननिकालुन्जेल सम्म पढाई कम समस्या वढि झेल्नुपर्छ । भर्नामा ढिलाई, पढाई नहुने समस्या, समयमा परिक्षा फर्म नखुल्ने, समयमा परिक्षा नहुने, समयमा रिजल्ट नआउने, आएपनि धेरैको नम्वर सोचेभन्दा कम आउने, रिटोटलिङ समस्या तथा ढिलाई, गयल आउने, जस्ता समस्याहरूले विद्यार्थी लाई शान्तिले वस्न दिदैनन् ।र दुखत कुरा त यो छ कि, यो समस्या समाधान गर्न टियु ले सिन्को समेत भाँच्न सकिरहेको छ । अनेक वाहाना तथा लाचारी देखाएर पन्सिनै रहेको छ । विद्यार्थी को हितमा काम गर्छौ भनेर पढाई अवरोध गराईगराई चुनाव गरेर चुनिएका स्वतन्त्र विद्यार्थी युनियनहरूका प्रतिनिधि हरूले पनि यि विषयलाई उठाएर प्रभावकारी दवाव दिन सकिरहेका छैनन् । त्यसको नकारात्मक नतिजा जाहेर छ, अहिले रनिङ भईरहेको व्याच्लर प्रोग्राम का हरेक वर्षमा सिनियर र
जुनियर भएर विद्यार्थी हरू पढिरहेका छन् । हरेकको पढाई एक एक वर्ष ढिलो भईरहेको छ ।
आफ्नो क्यालेन्डर को कारणले विद्यार्थी को पढाई ढिलो भईरहेको कुरा नस्विकारेर टियु झनै फट्याई गरिरहेको छ ।

पंतिकार स्वयम 2009 देखि व्याच्लर पढ्न सुरू गरेको हो, तर 2014 मा  यि हरफहरू  लेखिरहदा सम्म मेरो  डिग्री एडमिसन भएको छ  महिना मात्र भएको छ । तर मलाई टि यु ले उपलव्ध गराएको ट्रान्सकिपमा भने
व्याचलर 2009 देखि सुरू भएर 2012 मा सकिएको भनिएको छ । अहिले 2014 हो । म
प्रश्न गर्न गर्न चाहान्छु, कतै नअल्मलिई खुरूखुरू पास भएको मेरो शैक्षिक पढाई अवधिका वहुमुल्य डेड वर्ष खै?

यसवर्षवाट टि यु ले सेन्ट्रल क्याम्पसमा सेमेस्टर प्रणालीमा पढाई सुरू गरेको छ ।व्याचलर लाई पनि चारवर्षे वनाएको छ ।
आगामी वर्ष काठमाडौं उपत्यका र अरू वर्षहरूमा नेपालभरकै स्नातकोत्तर क्याम्पस हरूमा सेमेस्टर  लगाउने योजना सुनाईरहेको छ ।यो एकदमै स्वागत योग्य कदम हो तर लागु गरेर 6/6 महिनामा परिक्षा लिएर नतिजा सार्वजनिक गर्न सक्ला कि नसक्ला भन्ने संका कायमै छ । विगतका माथि उल्लेखित समस्याहरू हेर्दा सवैले यसको सफलता र सहज संचालनमा संका गर्नु स्वभाविक पनि हो।

यो निर्णय टि यु लाई छवि सुधार्ने अवसर र चुनौति दुवै हो । अव यसले विद्यार्थीले भोगीरहेका समस्याहरूको पहिचान गरी समाधानको वाटो खोज्दै तोकिएकै समयावधि मा शैक्षिक सत्र सम्पन्न गर्न सक्ने
प्रशासनिक र शैक्षिक संयन्त्रविकाश गरि लागु गर्नुपर्छ । ।वढिरहेको शैक्षिक वेरोजगारी लाई निरूत्साहित पार्न प्रभावकारी शिक्षण योजना वनाएर सफल कार्यान्वयन गर्नुपर्छ । साथै समयमै परिक्षा गरी समयमै नतिजा निकाल्ने फुर्ती देखाउनुपर्छ । अनिमात्र यसको शाख वचिरहनेछ । । आशा गरौ यसपल्ट यो देशकै वुढो विश्वविद्यालय आफुलाई अव्वल प्रमाणित गर्न चुक्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्