धरानको घण्टाघरबाट झरेर एक महिलाको मृत्यु

धरानको घण्टाघरबाट झरेर एक महिलाको मृत्यु

धरानको घण्टाघरबाट झरेर आज अपरान्ह एक महिलाको मृत्यु भएको छ । मोरङको कोशीहरैचा ९ बस्ने २१ वर्षिया हेमन्ती मगरको घण्टाघरबाट खसेर मृत्यु भएको हो । घण्टाघरको उत्तरपट्टी करिब ५२ फिट उचाईबाट झरेकी उनको टाउको फुटेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मगरका श्रीमान २९ वर्षिय टोप बहादुर मगर र संगै घण्टाघर चढेका कोशी हरैचा २ का १९ वर्षिय बिजय राई, मोरङ पथरी ४ का शुक्रराज लिम्बु र धनकुटा भिरगाउँ २ की सम्झना तामाङलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
यस्तै सप्तरीको सखरपुरा ५ मा आज बिहान कुटपिटबाट एक बृद्धको मृत्यु भएको छ।
सखरपुरा ८ बस्ने ५० वर्षिय गुदिहर मुखियाको कुटाईबाट स्थानीय ५५ वर्षिय बिजल खङगको मृत्यु भएको हो । कुटपिटबाट घाइते उनको उपचारको लागी सगरमाथा अंचल अस्पताल लैजानेक्रममा मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट प्रहरी टोली खटिगई कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्