भन्सार छलेको सात लाख बराबर मूल्य बराबरको सामान बरामद

भन्सार छलेको सात लाख बराबर मूल्य बराबरको  सामान बरामद

झापाको बाहुनडांगी १ बाट आज बिहान प्रहरीले भन्सार छलेको करिब सात लाख बराबर मूल्य बराबरको मल, खाध्यान्न तथा कपडा बरामद गरी भन्सार बुझाएको छ ।
प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको गस्ती टोलीले बाहुनडाँगी १ मेचीबगरबाटभन्सार छलेर ल्याएको १२ बोरा पोटास मल, ३ बोरा मैदा, २ बोरा चिनी लगायतका समाग्री बरामद गरेको हो । यस्तै प्रहरीले सिरक डसना सहित ९ वटा साइकल बरामद गरि मेची भन्सार कार्यालयमा बुझाएको छ ।

झापामा लागुऔषध र अपराध नियन्त्रण अभियानमा सकृय सामुदायिक प्रहरी सेवा केन्द्रहरू सङ्गठित भएका छन् । विर्तामोडस्थित आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष डा. प्रह्लाद सापकोटाको संयोजनमा समिति गठन गरिएको हो ।
समितिका सदस्यहरूमा सुन्दर सामुदायिकका उपाध्यक्ष सञ्जिव चापागाईं, विर्ता सामुदायिकका सचिव मदन आचार्य, दमक सामुदायिकका भीम पौडेल र भद्रपुर सामुदायिकका अध्यक्ष डम्बर वर्मालगायत रहनुभएको छ ।
मेची अञ्चलमा क्रियाशील सामुदायिक प्रहरीहरूको विर्तामोडमा गरिएको भेलाले समिति गठन गरेको हो । समितिमा काँकडभिट्टा, धुलाबारी, गौरीगञ्जबाट सदस्यहरू थप गरी पूर्णता दिइने संयोजक सापकोटाले बताउनुभयो ।
विगत लामो समयदेखि झापामा क्रियाशील सामुदायिक प्रहरीले काँकडभिट्टा, विर्तामोड, भद्रपुर, दमक लगायतका क्षेत्रमा सामाजिक क्षेत्रमा उल्लेख्य योगदान गर्दै आएका छन् । हाल झापामा १० वटा सामुदायिक प्रहरी क्रियाशील रहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्