आगलागीमा परी दुई बालबालिकाको मृत्यु

आगलागीमा परी दुई बालबालिकाको मृत्यु

सोलुखुम्बुको गोराखानी ७ मा आज बिहान आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ।
बिहान ५ बजे स्थानीय पुष्पबहादुर तामाङको घरमा आगलागी हुँदा उनको ९ वर्षिय नाती पूर्ण तामाङ र ५ वर्षिया नातिनी पासाङ ल्हामु तामाङको मृत्यु भएको हो । आगोमा परेर घरभित्रको सबै सामान जलेर नष्ट भएको छ ।
घटनास्थलमा प्रहरी चौकी केरुङबाट प्रहरी टोली र स्थानीयको आगो नियन्त्रण गरिएको थियो । आगलागीबाट भएको क्षतीको बिवरण संकलन भइरहेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्