तिहारमा झिलिमिलि बत्ती नबाल्न उर्दी जारी

तिहारमा झिलिमिलि बत्ती नबाल्न उर्दी जारी

बिराटनगर कात्तिक ३– – झिलिमिलि बत्तिको पर्व भनिने हिन्दुहरुको दोस्रो महान चाड तिहारमा सर्वसाधारणलाई झिलिमिलि बत्ती नबाल्न उर्दी जारी गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणले तिहारमा बालिने यी बत्तिहरुले विद्युत खपत बढी हुने भन्दै घर, पसल, सपिङ मल र सडकहरुमा झिलिमिलि बत्ती नबाल्न आग्रह गरेको हो । यसका साथसाथै, प्राधिकरणले कात्तिक ५ देखि १० गतेसम्म बेलुकीको समयमा फ्रिज, आइरन, राइस कुकरजस्ता विद्युतीय सामग्रीको पनि उपयोग नगर्न आग्रह गरेको छ । यसो गरेमा जुनसुकै बेला बिजुलीको लाइन काटिनेसमेत चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्