खानेपानी योजना एक दशकभन्दा बढी समय बिते पनि अझैसम्म पूरा भएन ।

खानेपानी योजना एक दशकभन्दा बढी समय बिते पनि अझैसम्म पूरा भएन ।

झापा जिल्लाकै सवैभन्दा ठूलो खानेपानी योजना एक दशकभन्दा बढी समय बिते पनि अझैसम्म पूरा हुन सकेको छैन ।
दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने उद्देश्यले निर्माण सुरु भएको महारानीझोडा गाविसको खानेपानी योजना १२ वर्षसम्म पनि पुरा हुन नसकेको हो ।
महारानीझोडा–३ स्कुलचौनस्थित निर्माणाधीन खानेपानी योजना समयमै पूरा हुन नसकेपछि स्थानीय बासिन्दा शुद्ध पिउने पानी उपभोग गर्नबाट वञ्चित भएका छन् । एउटै योजनाले गाविसका धेरैजसो बासिन्दालाई सुविधा दिने उद्देश्यले २०५९ साउनदेखि निर्माण सुरु गरिएको थियो ।
चार लाख ५० हजार लिटर क्षमता भएको पानी ट्याङ्की निर्माण गरिने लक्ष्य योजनाको छ ।
एक करोड ३३ लाखमा सम्पन्न गर्ने लक्ष्य राखिएको योजनाको ४० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
विभिन्न चरणमा गरेर हालसम्म एक करोड तीन लाख खर्च भइसकेको खानेपानी योजनाका अध्यक्ष जगन्नाथ खनालले जानकारी दिनुभयो ।
ट्याङ्कीको पिल्लर निर्माणको काम गरिरहेका स्थानीय पेटी ठेकदार अरुण मण्डलले आफूले काम गरेको लाखौँ रुपैयाँ भुक्तानीसमेत नगरी ठेकेदार सम्पर्क बाहिर रहेको गुनासो गर्नुभयो ।
योजनाबाट महारानीझोडा गाविस वडा नं. १, ३, २, ५, ४, ६, ८ र ९ वडाका हजारौँ सर्वसाधारणलाई सेवा पु¥याउने लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्