पुल नबन्दा स्थानीयलाई आवतजावतमा समस्या

पुल नबन्दा स्थानीयलाई आवतजावतमा समस्या

इलामको महमाई र दानाबारीबीचमा पर्ने माईखोलाको चण्डालघाटमा पुल नबन्दा स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।
खोलामा पुल नहुँदा आवतजावत गर्न र मालसामान ढुवानी गर्न समस्या भएको हो । बारम्बार पक्की पुल बनाउन माग गरे पनि हालसम्म कुनै सुनुवाइ नभएको स्थानीय सन्तराम योङहाङ बताउनुभयो ।
पुल नबन्दा महमाई, इभाङ, बाँझो क्षेत्रका बासिन्दालाई आवतजावत गर्न समस्या भएको स्थानीय भएका छन् ।
पुल नहुँदा स्थानीयलाई डुङ्गामा चढेर वारपार गर्न बाध्य भएका छन् । माईखोलाको बहाव ठूलो हुने भएकाले कहिलेकाहीँ डुङ्गाको साहाराले खोला तर्न मुस्किल हुने गरेको स्थानीयको भनाई छ ।
पुल नहुँदा महमाई र दानाबारी जान झापाको सताषीधाम पुग्नुपर्ने बाध्यता छ । बाँझोको लारुम्बा हँुदै पा“चथरको रविसम्म पुग्न छोटो र सजिलो हुने सडकमा पर्ने माईखोलामा पुल नहुँदा यात्रा सहज बन्न नसकेको दानाबारीका विमलकुमार दाहालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्