दुई लाख मूल्य बराबरको पटाका बरामद

दुई लाख मूल्य बराबरको पटाका बरामद

झापाको महेशपुर ३ बाट गएराती प्रहरीले दुई लाख मूल्य बराबरको पटाका बरामद गरेको छ ।
प्रहरी चौकी महेशपुरबाट खटिएको गस्ती टोलीले राती करिब १ बजे लुकाई छिपाई भारतबाट ल्याउदै गरेको करिब दुई लाख बराबरको पटाका बरामद गरेको हो । प्रहरीले ३० वन्डल खुर्सानी बम, १२७ वन्डल चकलेट बम, ९१ वन्डल झिरझिरे बरामद गरेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्