नेपाललाई २०४ रनको चुनौती

<span class='c1'>नेपाललाई २०४</span> <span class='c2'>रनको चुनौती</span>

मलेसियामा आजदेखि सुरू भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन तीनमा नेपालले जितको लागि युगान्डासँग २०४ रनको लक्ष्य पाएको छ।

क्वालालाम्पुरस्थित किनरा एकेडेमी ओभलमा टस जितेर नेपालले युगाण्डालाई पहिला ब्याटिङको निम्तो दिएको थियो।

निर्धारित ५० ओभरको खेलमा युगान्डाले ८ विकेट गुमाएर २०३ रन बनायो।

युगान्डाका लागि मुको मुकोबेले सर्वाधिक ८४ रनको योगदान दिएका थिए। यस्तै ब्राइन मासाबाले ५१ रन जोडेका थिए।

नेपालका लागि कप्तान पारस खड्काले ३, सोमपाल कामी र बसन्त रेग्मीले २-२ तथा सागर पुनले १ विकेट लिए।

एक सातासम्म चल्ने प्रतियोगिता नेपालसहित मलेसिया, बर्मुडा, सिंगापुर, अमेरिका र युगान्डा सहभागी छन्। राउन्ड रोबिन आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोली डिभिजन दुईमा प्रवेश गर्नेछन्। शीर्ष दुईले उपाधिका लागि प्रतिस्पर्धा समेत गर्छन्।

डिभिजन दुई आगामी जनवरीको तेस्रो साता नामिबियामा हुँदैछ। यो प्रतियोगिताको शीर्ष दुईमा रहन सके नेपालले आईसीसी इन्टर कन्टिनेन्टल कप र एकदिवसीय स्वरूपको पेप्सी आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्नेछ। डिभिजन दुईबाट अगाडि बढ्ने टोलीले अहिलेसम्म यी प्रतियोगिता खेल्ने निश्चित भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्