सम्बन्धविच्छेदको प्रमुख कारण शंका -दीपशिखा शर्मा

सम्बन्धविच्छेदको प्रमुख कारण शंका -दीपशिखा शर्मा

मेरिकामा आज बिहे हुन्छ अनि भोलि डिभोर्स । अमेरिकामा बिहे गर्नु र डिभोर्स गर्नु कुनै नौलो होइन । आजकल त चलन नै भइसकेको छ । नेपालमा आजभन्दा ७–८ वर्ष अगाडि सम्बन्धविच्छेद भनेको बिल्कुलै नौलो र गर्न नहुने कुरा थियो । कथंकदाचित सम्बन्धविच्छेद भइहाल्यो भने पनि अपवादको रुपमा र त्यसलाई घृणा गर्ने र सामाजिक बहिष्कार गर्ने व्यक्तिहरु अत्यधिक रुपमा थिए ।
जसका कारण सम्बन्धविच्छेद भइसकेपछि कुनैपनि महिला बिल्कुल एक्ली र निरिह हुनुपर्ने बाध्यता थियो । सम्बन्धविच्छेद भएकी महिलालाई लिएर विभिन्न थरीका अनर्गल कुरा गर्ने, मनोवल गिराउने र समाजमा एक्लो गराउने, सामाजिक क्षेत्रमा संघर्ष गर्न नसक्ने (कु”जो) बनाउने खालका षड्यन्त्रहरु हुन्थे । फलतः महिलाहरु आफ्ना इष्टमित्र साथीसँगी र माइतीबाटै उपेक्षित हुन्थे । उनिहरुको सवालमा आवाज उठाउने सरकारी निकाय र संघसंस्थाहरु कमै थिए । तर, आज सम्बन्धविच्छेदका घटनाहरु पत्रपत्रिका र अनलाइन खबरहरु, टेलिभिजनलगायतका सम्पूर्ण मिडियाहरुमा दिनरात तातो बहसको विषय बन्दै आइरहेका छन् ।
आखिर किन र कसरी हुन्छ त सम्बन्धविच्छेद ? बडो संवेदनशील र चासोको विषय हो यो । पश्चिमा मुलुकहरुका लागि यो सामान्य कुरा भएपनि नेपालजस्तो गरिब विकासोन्मुख मुलुकको लागि यो एउटा जटिल समस्याको विषय हो ।
किन हुन्छ त सम्बन्धविच्छेद ? यहा” आज यही विषयलाई कोट्याउने जमर्को गरिरहेकी छु । अन्तराष्ट्रियस्तरले चालेको महत्वपूर्ण फड्को इन्टरनेट, टेलिभिजन, पत्रपत्रिका जस्ता सामाजिक सञ्जालहरुको सिको गरी फेसबुक तथा अन्य सञ्जालहरुमा आफ्नो एकाउन्ट खोल्ने, देशविदेशका साथीहरु बनाउने, उनीहरुको खानपान, लवाई, खवाईको सिको गर्ने, आफ्नो घरमा बसेर यिनै सामाजिक सञ्जालको माध्यमद्वारा विभिन्न राष्ट्रको सांस्कृतिक, आर्थिक, सामाजिक गतिविधिहरुको अवलोकन गर्ने, मौलिक हक समानता र स्वतन्त्रता खोज्ने आज आम नेपाली महिलाको दैनिक क्रियाकलाप भइसकेको छ । बुवा÷आमाको संरक्षणमा रह”दा पाएको सुख, शान, शौकत अनि स्वतन्त्रता विवाह पश्चात श्रीमानको घरबाट पनि प्राप्त होस् भन्ने चाहना जुनसुकै नारीमा पनि हुन्छ ।
तर जतिसुकै नारी÷पुरुष समान र स्वतन्त्रताका राग अलापे पनि विवाह पश्चात कुनैपनि नारीलाई श्रीमानको घरमा माईतीको जस्तो स्वतन्त्रता प्राप्त हुन सक्दैन । अन्ततः पारिवारिक जीवनमा उतारचढाव आउन थाल्छ ।
माइतीघर अर्थात बुवा÷आमाको घरमा रह”दा भोगेको सुखसयल, भोगविलास र अन्य स्वतन्त्रता विवाह पश्चात आफ्नो श्रीमानको घरमा पनि होस् भन्ने चाहना जो सुकै महिलालाई पनि हुन्छ । जतिसुकै शिक्षित र घरानिया परिवार भएपनि आखिर बुहारीलाई बुहारीकै दर्जामा राख्न खोज्ने पितृसत्तात्मक परिवार भएकोले महिलाले चाहेर पनि सो परिवारको व्यवहार र चलनलाई परिवर्तन गर्न सक्दैनन् । अन्ततः पारिवारिक जीवनमा विचलन आउन थाल्छ । जेनतेन २–४ वर्षका दिनहरुमा वैवाहिक जीवन सुखद रहेपनि विस्तारै पारिवारिक जीवनमा तनावपूर्ण स्थिति पैदा हु”दै जान्छ ।

 

१. दोषी को ?
श्रीमानश्रीमती अनि परिवारबीच समझदारी नहुनु, श्रीमानलगायत सम्पूर्ण परिवारले महिलालाई सधैं तल पार्नु, रोजगारको अभाव, आर्थिक मन्दी, महंगी, गरिबी आदिजस्ता आन्तरिक कारणले गर्दा नेपालमा सम्बन्धविच्छेदको संख्या दिनप्रतिदिन बढ्दै छ ।

 

२. सामाजिक सञ्जालको बढ्दो प्रयोग ।
इन्टरनेट, इमेल, मोबाइलजस्ता सामाजिक सञ्जालहरुले मानिसको जीवन जती नै सहज बनाएको छ यसको गलत प्रयोगले समस्या पनि निम्त्याएको छ ।
विवाह भएको ४–५ वर्षसम्म हा”सीखुसी रहेकी अस्मिता शर्माको जीवन ५ वर्षपछि अत्यन्त तनावपूर्ण बन्न थाल्यो । अकस्मात मोबाइलमा आएको फेक एसएमएसले उनका श्रीमानमात्र होइन परिवारलेसमेत अस्मितालाई शंकाको दायराभित्र राख्न थाले । परपुरुषसँग अनैतिक सम्बन्ध भएको आरोप लगाएर दिनपरदिन अस्मिता माथि शारीरिक एवं मानसिक यातना दिने, आत्मबल कमजोर बनाउने प्रकृतिका अत्यन्त पीडादायी शब्दहरुद्वारा सम्बोधन गर्ने, परिवारबाट पाउनुपर्ने माया÷प्रेमको कटौती गरी सधैं घृणा र तिरस्कारपूर्ण व्यवहारहरु उनको जीवनमाथी जबर्जस्ती लाद्ने काम सुरु हुन थाल्यो ।
कुनै फेक व्यक्तिले पारिवारिक जीवन समाप्त पार्न अस्मिताको मोबाइलमा पठाएको पहिलो एसएमएस यस्तो थियो,
‘मेरी अस्मि … कलेजका दिनहरुमा तिमी र मैले विताएका ती सुखद क्षणहरु अझैपनि मेरो मानसपलटमा ताजै छ । तिम्रो मायामा चुर्लुम्म डुबुल्की मारी तिम्रो काखमा लठ्ठ हु”दै विताएका सुखद क्षणहरु… चाहेर पनि म भुल्न सक्तिन । तिमी आज मेरो नजरबाट टाढा भएपनि आखिर तिमी मेरी थियौ, मेरी हौ र मेरी नै रहिरहने छौ ।’
अकस्मात् आएको यो एसएमएसले उनको पारिवारिक जीवन नर्क बनाइदिएको थियो । कुनै अपरिचित व्यक्तिले पठाएको एसएमएस संयोगवश उनका श्रीमानले पढे । केही समयसम्म त उनी थाहा नपाएझै” गरेर बसे । तत्काल उनले कुनै प्रतिक्रिया जनाएनन् । अस्मिताले सो अपरिचित व्यक्तिले पठाएको एसएमएस हत्तपत्त डिलिट गरिन् । उनलाई लागेको थियो त्यो एसएमएस उनका श्रीमानले देखेका छैनन् । तर वास्तविकता त्यसको विपरित थियो । उनको मोबाइल नम्बर कसले पत्ता लगाएर त्यस्तो एसएमएस पठायो ? उनलाई नै थाहा थिएन तर क्रमशः श्रीमान र परिवारको नजरमा उनी तारे आ”खो बनेकी थिइन् । त्यसपश्चात दिनदिनै त्यस्ता एसएमएस अस्मिताको मोबाइलमा ओइरिन थाले । उनी डर र त्रासले अत्तालिन थालिन् । श्रीमानले शंका गर्लान् भनेर उनले यो समस्या आफ्ना साथीभाइ, दिदीबहिनी, माइतीघर कसैलाई भन्ने हिम्मत गर्न सकिनन् । जति एसएमएस आ”उथ्यो उति डिलिट गर्थिन् । तर निर्दोष र लाचार अस्मितालाई के थाहा ? त्यो अपरिचित व्यक्तिले पठाएको पहिलो एसएमएस पढ्ने नै उनका श्रीमान थिए ।
पहिलो एसएमएसपछि लगातार निगरानीमा बसेका अस्मिताका श्रीमानले अस्मितामाथि नै नचाहिने शंका गर्न थाले । अन्ततः उनी बारम्बार त्यो अपरिचित व्यक्तिको म्यासेजलाई कोड गरेर अस्मितालाई भए नभएको लान्छना लगाउने, मानसिक र शारीरिक याताना दिने, अन्तमा घरबाट निकाल्नेसमेत दुस्साहस गर्न थाले । अस्मिताले सुखद पारिवारिक जीवनको हवाला दि”दै कसम खाइन्, हात जोडिन्, पाउ परिन्, रु”दै कराउ”दै ५ वर्षको पारिवारिक सम्बन्धको भिख मागिन्, आफू बेकसुर भएको र अपरिचित व्यक्तिले आफ्नो सुमधुर पारिवारिक जीवन समाप्त गर्न ‘ब्ल्याकमेलिङ’ गरेको कुरा अनुनय विनय गरिन् ।
तरपनि उनका श्रीमान, सासुससुराको मन पग्लिएन । सबैले नै अस्मिता चरित्रहिन आईमाई भनेर अनेक किसिमका लान्छना लगाई घरबाट निकाल्न लागे । अखिर बिना कसुर आफ्ना एक छोरा र एक छोरी च्यापेर अस्मिता माइतीघर बस्नुपर्ने अवस्था सिर्जना भयो । फलतः अस्मिताको जीवन अत्यन्त कष्टकर बन्दै गयो । समाजको नजरबाट पनि अस्मिताको छवि धमिलियो । उनि नितान्त एक्लो भईन् । श्रीमानले समेत तैं चरित्रहिन रहिछेस्, पहिल्यै अर्कैसँग सल्की सकेकी रहिछेस् किन मलाई धोका दिएर मसँग विवाहको ढोंग रचिस् ? त” मेरी होइनस् । जसले त”लाई म्यासेज पठाउ”छ, त्यसैसँग जा भनेर गलहत्याउने, कुट्ने जस्ता कुकार्य गरेपछि अस्मिताले कुनैपनि हालतमा उनिहरुको चित्त बुझाउन र आफ्नो सफाई दिन सकिनन् र बाध्य भएर माइतीको शरणमा पुगिन् । त्यसको ६ महिनापछि उनको सम्बन्धविच्छेद भयो । स्नातकोत्तर अध्ययनरत ३० वर्षिया अस्मिताजस्ती शिक्षित, सुशील र सक्षम महिलाको जीवनमा कसैले गरिदिएको ब्ल्याकमेलिङले पारिवारिक जीवन नै ध्वस्त पारिदियो । यो त एउटा सामान्य उदाहरण मात्र हो ।
त्यस्तै, २५ वर्षिया रिंकु थापाको पारिवारिक जीवनमा पनि कटुता आईसकेको छ । १७ वर्षको उमेरमा उनको मागी विवाह भएको थियो । धुमधामस”ग गरिएको विवाहमा उनका माइती पक्ष र घरतिरका सबै साक्षी थिए । तर विवाहको ८ वर्ष नपुग्दै उनको पनि अस्मिताको जस्तै दुःखद स्थितिको सामना गर्नु परिरहेको छ । विवाह भएको ६ महिनापछि उनका श्रीमान दुबईमा काम गर्न गएका थिए । बेलाबेलामा घर फर्कन्थे । बैदेशिक रोजगारीबाट फर्केका श्रीमानले घरमा भएको अनावश्यक मानिसको चहलपहल र लगातार आउने फोनका कारण रिंकुको चरित्रमाथि शंका गर्दै विभिन्न आरोप लगाउन थालेपछि पारिवारिक जीवन तनावपूर्ण बन्न थाल्यो । सामाजिक कार्यकर्ता रिंकुलाई उनको पेसाले पनि विभिन्न सामाजिक क्षेत्रका मानिसहरुले आवश्यक जानकारीको लागी फोन गर्ने गर्दथे । फोन गर्ने प्रायजसो साथीहरु केटा नै हुन्थे । तर यस कुरालाई अनावश्यक विवाद बनाएर रिंकुको पवित्र चरित्रमाथि शंका गर्ने, लान्छाना लगाउने र अन्त्यमा भनाभन हु”दै गएपछि श्रीमानले कुट्ने, पिट्नेसमेत गरी दुःख दिन थालेको रिंकुको भनाई छ । अति सामान्य कुरामा पनि निहु” खोजी त्यो मान्छेले किन त”लाई फोन गर्छ ? त्यो मान्छे तेरो को हो ? के सम्बन्ध छ ? केही सम्बन्ध छैन भने किन फोन गर्ने ? भनी नाना तर्क वितर्क गरेर पारिवारिक जीवन धमिल्याएको रिंकुको भनाई छ ।

 

आफू विदेशबाट भर्खर फर्केको र श्रीमतीलाई समय दिन नसकेको कारण श्रीमती अन्तै सल्केको रिंकुका श्रीमानको दाबी छ । विचार र मनकी धनी उनी जो स”गपनि हा”सेर बोल्ने, जो कोहिलाई पनि समस्या परे मरिमेटेर सहयोग गर्ने, आफ्नो कामप्रति अत्यन्त इमानदार र कर्तव्यनिष्ठ महिला थिइन् । सामाजिक क्षेत्रमा क्रियाशील महिलाको समेत यो गति छ भने बिकट स्थानमा बसोबास गर्ने, अन्धविश्वास र पितृसत्तात्मक परिवारको जा”तोले पिसिएका, निर्दोष महिलाको वास्तविक अवस्था कस्तो होला ?
ऋचा तामाङको विवाह भएको ५ वर्ष पुगिसकेको छ । २–३ वर्षसम्म त उनको जीवन हाँसीखुसी बित्यो । त्यसपछि सुरु भयो श्रीमानको यातना । सामाजिक संस्थाकी अध्यक्षसमेत रहेकी ऋचा अत्यन्त सरल, सरस र सहयोगी स्वभावकी थिइन् । उनको कार्यकुशलताको सर्वत्र प्रशंसा हुन्थ्यो । जसको कारण उनको सहयोगी र मित्र साथीहरु धेरै थिए ।
संस्थाको अध्यक्ष भएकाले उनलाई भेट्ने र फोनमा कुरा गर्ने मानिसहरु धेरै हुन थाले । उनी समस्यामा परेका सबैको सहयोग गर्थिन् । समाजसेवामा लागेको, साथीभाइ, छिमेकी, इष्टमित्रसँग जनसम्पर्क बढाएको, सामाजिक कार्यमा संलग्न भएको, टेलिफोनमा लगातार कुरा गरेका उनका श्रीमानलाई पटक्कै मन परेको थिएन । संस्थाको जिम्मेवार व्यक्ति भएको उनको अफिसलगायत घरमा भेटघाट गर्ने व्यक्तिको ओइरो लाग्थ्यो । तर श्रीमानले जहिलेपनि लान्छना लगाउन छोड्दैनथे । ऋचालाई जसले सहयोग ग¥यो श्रीमानको नजरमा उही ब्वाइफ्रेन्ड हुन्थ्यो । यहाँसम्मकी म तेरो कोही छैन तेरा श्रीमानहरु त तिनै हुन जा न उनीहरुसँग दुःख सुख सेयर गर म किन चाहियो भनी सधैं घुक्र्याउने, धम्काउने, शारीरिक र मानसिक यातना दिने गर्दथे । श्रीमानको चरम यातना र दबावको सिकारको बावजुद पनि हिम्मत नहारी नहारी काम गरेको ऋचाको अवस्था अत्यन्त नाजुक अवस्थामा पुग्न थाल्यो । यहाँसम्मकी कसैको फोन आयो भने ब्वाइफ्रेन्डको फोन आयो कुरा गर… भन्ने धम्काउने… घरबाट बाहिर जाँदापनि तेरो ब्वाइफ्रेन्ड भेटेर आकि ? भन्ने, घरमा कोही इष्टमित्र, दाजुभाइ, साथीहरु बासवस्न आएपनि तेरो ब्वाइफ्रेन्ड हो मलाई नढाँट, ढाट्नु पर्दैन भन्न थाले ।
यहाँ सम्मकि अब ऋचालाई सञ्चारको एकमात्र माध्यम मोबाइलसँग पनि एक्लो हुनप¥यो । दिनप्रतिदिन उनी समाजसेवाबाट बिस्तारै टाढिदै गईन् । निडर, निष्कपट, सरल स्वाभावकी धनी ऋचाको जीवनमा श्रीमानले दिएको चरम मानसिक यातनाले क्रमशः नकारात्मक असरहरु देखिन थाल्यो । केटा मान्छेको फोन आउ”दा पनि घरमा दिनरात रडाको हन्थ्यो । २ खुट्टा उभिएको दोस्रो व्यक्तिको उपस्थिति ऋचाको श्रीमानको लागि सह्य थिएन । उसले ऋचाको सामाजिक क्षेत्रको छवि धमिलाउन सक्दो प्रयास गरे बिहेपश्चातका दिनहरु ऋचाका लागि अत्यन्त्य दयनीय कष्टकर बन्दै गए । उनको जीवनमा उनका श्रीमानले दिएका मानसिक यातनाले कालो बादल मडारिन लाग्यो । ऋचाभित्र रहेका अथाह क्षमता, प्रतिभा र खूवीहरु क्रमशः ः निस्क्रिय बन्दै गए । अन्त्यमा समाजसेवाबाट उनि ओझेलमा पर्दै गईन् । एउटा बन्धक बनाइएको कैदीको जस्तो निरीह र क्षीण बन्दै गयो उनको जीवन । जोसँग बोल्यो उही ब्वाइफ्रेन्ड हुने, जो घरमा पाहुना आयो उही ऋचाको नाठो हुने श्रीमानको रोगी मानसिकताको उपजले उनी समाजमा पछाडि परिन् । श्रीमानले दिएको यातनाका कारण डिप्रेसनको सिकार बन्न पुगेकी ऋचाको दैनिकी अब घरधन्दामै सीमित हुन थाल्यो ।
यसरी समाजसेवाको एउटा महत्वपूर्ण दृष्टीको रुपमा औंलामा गनिने ऋचा बन्धक बनाइएकी गृहिणी बन्न पुगिन् । न उनको भावनाको कदर हुन्थ्यो न उनको हेरचाह नै । जतिजति समर्पण गर्दै ग¥यो उतिउति श्रीमानको यातना थपिँदै गयो । यहा”सम्मकी ऋचालाई अब मोबाइल चलाउनसमेत अनुमति थिएन घरमा । सफासुग्घर गरेर झ्याल खोलेर खुल्ला हावा खा”दा पनि श्रीमानले लान्छना लगाउँथे । तेरो ब्वाइफ्रन्डलाइ हेर्न झ्याल खोलेकी ? मैले केही जान्दिन भनेकी ? थाह छ मलाई बच्चा नबना …
ऋचाको श्रीमान सद्दे व्यक्ति थियो या मानसिक रोगी ? स्वयं ऋचालाई नै थाहा थिएन । आखिर उसले आफ्नो अभिभारा पूर्तिको लागि एउटा सफल समाजसेवीलाई घरको चार दिवारभित्र जवर्जस्त कैद गरेर राख्यो । आफ्नो मनभित्रका चाहना र रहरहरुलाई गुम्साएर श्रीमानको जीवन नै आफ्नो जीवन ठानी आफ्नो नीजि जिन्दगीलाई श्रीमानको नपुंसक जिद्दीमाथि सहिद बनाइदिएको ऋचाको जिन्दगी त्यस पश्चातपनि सूखद हुन सकेन । झिनामसिना कुराहरुमा निहुँ खोजि ऋचालाई सधैं कुट्न थाल्यो । बाध्य भएर ऋचाले मानव अधिकारकर्मीको शरण लिनु पर्ने अवस्था आयो । र, २ वर्ष पछि ऋचाको सम्बन्ध बिच्छेद भयो ।

 

अधिकांश पारिवारिक विचलन आउनुको प्रमुख कारण हो शंका । जसको कारण धेरै महिलाहरुको जीवन चोइटिएको छ, छताछुल्ल पोखिएको छ, बर्बाद भएको छ, बिचलीत भएको छ । हजारौं महिलाहरु घरवार विहिन भएका छन् । हजारौं केटाकेटी बाबु—आमा दुवैबाट पाउनुपर्ने नैसर्गिक अधिकारबाट बञ्चित भएका छन् । सरकारले यसबारेमा न कुनै चासो लिन्छ न नीति बनाउँछ । सरकारमा जिम्मेवार व्यक्तिहरु पनि यस मुद्दामा उदासिन छन् । न कुनै नीति योजना तर्जुमा गरिएका छन् । वास्तविक रुपमा समाज अनि परिवारबाट चोइटिएर अलग हुनपुगेका महिला र बालबालिकाको संरक्षणका लागि कुनै ठोस रणनीति अपनाइएको छैन । जबसम्म मानिस असक्षम बन्दै जान्छ अर्थात श्रीमती सक्षम र सबल छ अनि श्रीमान असक्षम र दुर्बल छ भने उसले आफ्नै श्रीमतीलाई पछार्न र आफ्नो हुकुमीपारा लदाउन हरहमेसा कोशिस गरिरहेको हुन्छ ।
उसलाई लाग्छ महिला परम्परागत अवस्थादेखि तल परेको जात हो र सधै” तल पर्नुपर्छ । श्रीमानलाई स”धै आदर र सम्मान गर्नुपर्छ । ‘नारी भोग र विलासका पुत्ला हुन्’ भन्ने मानसिक विकृतिको शिकार भएका पुरुषहरुबाट नै महिलाको जीवन बर्बाद भएको छ । विविध कारणले जब श्रीमतीले श्रीमानको विलासिता पुरा गर्न सक्दिन, समय दिन सक्दिन । दिनभर काम गरेर परिवार पाल्नुपर्ने बाध्यता हुन्छ । थकित शरीर लिएर श्रीमती घर पुग्छे । बिचरा श्रीमती के गरोस् ? लाचार र निकम्मा श्रीमान घर बस्छ । श्रीमती कमाउन जान्छे । मेहनत गरेर २÷४ पैसा घरमा ल्या”उछे । चाहे जतिसुकै समस्या परोस् घरको धन्दा ज्य”ु का त्यु” हुन्छ । थकित शरीर लिएर घर फर्केकी श्रीमतीको सहायतामा न श्रीमान नै उभिन सक्छ न त परिवार नै ।

 

श्रीमतीको कार्यव्यस्तता र विविध कारणले जब—जब श्रीमानले सोचेका कुनै पनि कुराहरु पुरा हुन सक्दैनन् अनि उ श्रीमती माथि खनिन सुरु गर्छ । श्रीमती माथि जथाभाबी बोल्ने, अनावश्यक शंका गर्ने, श्रीमतको मनोबल गिराउने, जोशजाँगर मारिदिने, समाजमा महिलालाई उभिन लायक नबनाउने जस्ता कुकार्यहरु परिवारबाटै हुन्छ । अन्तत पारिवारिक जीवनमा उतारचढाव आ”उछ । दोहोरो भनाभन एक अर्काप्रति दुश्मनी बढ्दै गएपछि सम्बन्ध बिच्छेद हुन्छ ।
आर्थिक अभाव, पछौटेपन, अन्धविश्वास, कुसंस्कार, कुरीतिका कारण पनि सयौ” घरपरिवार सम्बन्धविच्छेदको चपेटामा परेका छन् । सरकारले यी कुरिती र कुसंस्कारहरुविरुद्ध ठोस योजना तर्जुमा गरी महिला र बालबालिकाको हकहितका लागि नेपाल अधिराज्यका गाउ”, टोल, बस्ती बस्तीहरुमा चेतनाको लहर फैलाउने, महिलाअधिकारको आवाज वुलन्द गर्ने काममा सहयोग गर्नु जरुरी छ । त्यसका लागि महिला र बालवालिकाको हितमा छुट्टै रणनीति अपनाउनुपर्ने देखिन्छ । सदन र सभामा जोखिममा रहेका महिला र बालबालिकाको संरक्षणको लागि नया” योजना पारित गर्नुपर्दछ ।
महिला र बालबालिकाको हकहित र संरक्षणका लागि विभिन्न सामाजिक सञ्जाल, मानवअधिकारकर्मी, संघसंस्थाहरु एकजुट भएर लड्नुपर्ने आजको टड्कारो आवश्यकता हो । जसका कारण महिला र पुरुषबीचको असमानता हटोस् । देशले छुट्टै का”चुली फेर्न सकोस् । घर परिवारहरु चोइटिनबाट बचुन् । कुनै पनि सन्तानले बाआमाको न्यानो मायाबाट बञ्चित भएर बा”च्न नपरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्