उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व विविधत् रूपमा आज सम्पन्न

उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व विविधत् रूपमा आज सम्पन्न

उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व विविधत् रूपमा आज सम्पन्न भएको छ । हिजो बेलुका अस्ताउँदा सूर्यलाई अर्घ दिएर सुरु भएको छठ आज सम्पन्न भएको हो । उदाउदो सुर्यलाई अर्घ दिएप्छि बर्तालुहरु घर घर फर्किएका छन् ।
तराईका विभिन्न जिल्लाहरूसहित पहाडी जिल्लामा समेत चार दिनसम्म मनाइने छठ पर्वमा चामल र गहुँको पिठो, फलपूmल, विभिन्न खाद्यान्नलगायतका पूजा सामग्रीहरू अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घको रूपमा दिइने गरिन्छ ।
छठको पूजा सागम्रीहरू तयार गर्दा चोखो राख्नुपर्ने जनविश्वास छ । छठका सामग्रीहरू चोखो नराखेमा अनिष्ट हुने मान्यता छ ।
विराटनगरको मुख्य स्थान सिँगिया, सुनसरी–मोरङ सिचाई आयोजनाको नहर, केसलिया खोला लगायतका स्थानमा बिहानै भिड लागेको थियो ।
केही वर्षयता पहाडी समुदाय र मुश्लिम समुदायका नेपालीले पनि छठ पर्व मनाउन शुरु गरेपछि यस पर्वको आकर्षण झनै बढ्दै गएको छ । सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने चार दिने छठ पर्व मिथिलाञ्चलसहित नेपालका विभिन्न भागमा धामिर्क विधिपूर्वक मनाउने गरिन्छ । यसैबिच उद्योगमन्त्री महेश बस्नेतले समेत विराटनगर १५ स्थित नहरमा विहान उदाउदो सुर्यलाई अर्घ दिई छठको पुजा गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्