सडक दुर्घटना न्यूनिकरण गर्न ओखलढुंगामा विषेश अभियान

सडक दुर्घटना न्यूनिकरण गर्न ओखलढुंगामा विषेश अभियान

सडक दुर्घटना न्यूनिकरण गर्न ओखलढुंगामा प्रहरीले विषेश अभियानका साथ सुरक्षा सकृयता बढाएको छ । एघार जनाको ज्यान जानेगरी भएको सवारी दुर्घटना पछि प्रहरीले विषेश अभियान सहितको सुरक्षा सकृयता बढाएको हो ।
सर्वसाधारणको समस्या र व्यवसायीहरुको माग अनुसार ग्रामिण सडकमा सञ्चालनहुने सवारीलाई सामान्य चेकजाँच मात्रै गर्दा ठुलो जनधनको क्षेती भएकाले अव त्यस्तो सडक दुर्घटना नहोस् र जनधनको क्षती व्यहोर्न नपरोस् भनेर विषेश अभियानका साथ सुरक्षा सकृयता बढाईएको ट्राफिक ईन्चार्ज जनक तिमील्सीनाले बताउनुभयो ।
सवारी नियम उलंगन गर्ने र सडकमा मनपरि पशुचौपाय छाड्ने लगाएतका कार्य गर्नेलाई तत्काल कानुन अनुसार कारबाहि गर्न थालिएको उहाँको भनाई छ । विगतका दिनहरुमा ग्रामिण सडकका बिच भागहरुमा चेकचाँज नहुने भएपनि अव बिचबिचमा चेकजाँज गर्ने र लापरवाही गर्नेलाई कारबाहि गर्ने प्रहरीको अभियान छ ।
केही दिन अघि मात्र ओखलढुंगामा भएको जीप दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । दुर्घटनाको बारेमा अहिले अनुसन्धान भई रहेको छ ।
.....................

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्