तोकान्दोको ब्ल्याक बेल्ड गे्रडिङ आजबाट सुरु

तोकान्दोको ब्ल्याक बेल्ड गे्रडिङ आजबाट सुरु

बिराटनगर,कार्तिक १४ : पाचौ पूर्वाञ्चल क्षेत्रीय ‘ब्ल्याक बेल्ड गे्रडिङ’ प्रतियोगिता आजबाट विराटनगरमा सूरु भएको छ ।
पूर्वाञ्चल ग्रेडिङ समितिको आयोजनामा विराटनगरमा सूरु भएको प्रतियोगितामा पूर्वाञ्चलको ८ वटा जिल्लाबाट ५२ जना खेलाडीहरुको सहभागीता रहेको छ ।
दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा रेडबेल्ड पाएका खेलाडीहरुको सहभागीता रहेको आयोजक समितिका अध्यक्ष द्धवारीका रेग्मीले जानकारी दिनुभयो । प्रतियोगितामा छनौट भएका खेलाडीहरुले विश्व तोकान्दो मुख्यालय महासंघ कुकिवानले ब्ल्याक बेल्ड प्रदान गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्