जताततै सबारी दुर्घटना हुन थालेपछि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले न्यनीकरणका लागी सकृयता बढायो

जताततै सबारी दुर्घटना हुन थालेपछि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले न्यनीकरणका लागी सकृयता बढायो

बिराटनगर,कार्तिक १५ : केही दिन यता जताततै सबारी दुर्घटना हुन थालेपछि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले सकृयता बढाएको छ ।
कार्यालयले सवारी दुर्घटना न्यूनिकरणको लागि जनचेतनामुलक कार्यक्रमहरु तिब्रता दिएको हो ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट तेह्रथुम, खोटाङ्ग, ताप्लेजुङ्ग, ओखलढंगा, सप्तरी, मोरङ्ग, मोरङ्ग, सुनसरी र इलाममा यात्रुमैत्री कार्यक्रम चालक परिचालकहरुलाई कक्षा जस्ता कार्यक्रमहरु गरिरहेको छ । यस्तै दुर्घटना न्युनिकरणकालागी कार्यालयले सर्बसाधारणलाई समेत ट्राफिक सचेतनाका लागी पर्चा पम्पेल्ट बितरण लगायतका कामहरु गरिरहेको कार्यालयले जनाएको छ ।

यस्तै आज दिनभरमा ट्राफिक प्रहरीले पुर्वका विभिन्न स्थानमा १ हजार ११ जना सबारी चालकहरुलाई कार्बाही समेत गरेको छ । यस्तै २२ जना मादक पदार्थ सेबन गरि सबारी चलाएको फेला परेका कार्यालयले जनाएको छ ।

दुर्घटनाका सन्दर्भमा प्रहरीले सम्बन्धित यात्रु तथा अन्य सर्वेक्षणमा राजमार्गमा सवारी जाँच गर्ने स्थायी चेकपोस्ट नभएका कारण सवारी जाँच नहुदा तीव्र गति र अन्य लार्पबाहीबारे यात्रुले प्रहरीलाई खबर नपाएको गुनासो आएको भन्दै फोन नम्बर सार्बजनिक गरेको छ । सार्बजनिक यातायातमा हुने लार्पबाहीबारे प्रहरी परिचालन कक्षको टेलिफोन नम्बर ०१–४४१२७८०, ०१–४४११५४९, ०१–४४१५५९७ र ०१–४४१२७४८, त्यस्तै पैसा नलाग्ने टोल फ्री नं १६६००१४१५१६, प्रहरी कन्ट्रोल रुम १०० तथा मोबाइल नम्बर ९८४९०९११३९ मा जानकारी गराउनसमेत प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्