तेक्वान्दो प्रतियोगितामा २१ जना खेलाडी छनौट

तेक्वान्दो प्रतियोगितामा २१ जना खेलाडी छनौट

पा“चांै पूर्वाञ्चल क्षेत्रीय ‘ब्ल्याक बेल्ट गे्रडिङ’ प्रतियोगितामा २१ जना खेलाडी छनौट भएका छन् ।
पूर्वाञ्चल ग्रेडिङ समितिको आयोजनामा विराटनगरमा हिजोबाट सूरु भएको प्रतियोगितामा पूर्वाञ्चलको ८ वटा जिल्लाबाट ५२ जना खेलाडीहरुको सहभागीता रहेको थियो । ५२ जना खेलाडी मध्येबाट २१ जना छनौटमा परेको आयोजकले जनाएको छ । हिजोबाट सुरु भएको प्रतियोगितामा रेडबेल्ट पाएका खेलाडीहरुको सहभागीता जनाएको आयोजक समितिका अध्यक्ष द्वारीका रेग्मीले जानकारी दिनुभयो । प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुलाई विश्व तेक्वान्दो मुख्यालय महासंघ कुकिवानले ब्ल्याक बेल्ट प्रदान गर्ने भएको छ । ब्ल्याक बेल्ट पाउनका लागि बेसिक, किकिङ्ग,पुम्से,स्टेप स्पाइरीङ, सेलडिफेन्स्,बेक्रिङ, बेस्ट किक ,स्पाइरीङ लगायतका १९ वटा विद्यामा उत्कृष्ट हुनु पर्ने आयोजकले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्