८५ के.जी. गांजा सहित ६ जना पक्राउ

८५ के.जी. गांजा सहित ६ जना पक्राउ

धनकुटाको बेलहरा ९ कोशि राजमार्गमाबाट प्रहरीले ८५ के.जी. गांजा सहित ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी मुलघाटबाट रातको समयमा खटीगएको प्रहरी टोलीले को.१ च ७९३१ नम्बरको मारुती भ्यानमा राखी धनकुटाबाट धरानतर्फ ल्याउदै गरेको अवस्थामा ६ वटा बोरामा प्याक गरीएको ८५ के.जी. गांजा सहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनकुटा माहाभारत ७ का ३८ बर्षिय सुर्य राई सहित ६ जना रहेका छन् । पक्राउ परेका सबैलाई हिरासतमा राखीएको र थप अनुसन्धान एव कारवाही प्रकृया अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्