दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा एक जना घाइते ।

दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा एक जना घाइते ।

बिराटनगर,कार्तिक १८ : सुनसरीको खनार स्थित कोशी राजमार्गमा बिहान दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा एक जना घाइते भएका छन ।
को १४ प ५२२९ नम्बरको को मोटरसाइकल को ५ प ६२९ नम्बरको मोटरसाइकल खनार ४ स्थित कोशी राजमार्गमा ठोक्किएको थियो । दुर्घटनामा को ५ प ६२९ नम्बरका मोटरसाइकल चालक मोरङ बिराटनगर १० हाटखोला का ४३ वर्षिय शुशील तारक गम्भीर घाईते भएका छन । उनको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।
अर्का मोटरसाइकलका चालक सुनसरी महेन्द्रनगर ९ बस्ने ४९ वर्षिय केदार बिक्रम मल्ललाई इलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्