घरमा लुकाई राखेको भरुवा बन्दुक बरामद

घरमा लुकाई राखेको भरुवा बन्दुक बरामद

बिराटनगर,कार्तिक १९ :  उदयपुरको चौदण्डी गा.वि.स. स्थित एक घरबाट प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ।

चौदण्डी ६ स्थित सनमान राइको घरबाट प्रहरीले बारुद भरिएको एक नाल भरुवा बन्दुक बरामद गरेको हो । इलाका प्रहरी कार्यालय बेल्टारबाट गस्तीमा खटिगएको प्रहरीलाई राईको घरमा भरुवा बन्दुक लुकाएर राखेको छ भन्ने सुचना पाएपछि उनको घर खानतलाशी गर्दा भरुवा बन्दुक बरामद भएको थियो ।

प्रहरीले घरमा बन्दुक बरामद भएपछि घरधनि सनमान राई र ढुक बहादुर राईलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्