कार र मारुती भ्यान ठक्कर खांदा चार जना गम्भीर घाईते

कार र मारुती भ्यान  ठक्कर खांदा चार जना गम्भीर घाईते

मोरङ्गको बयरबन ९ पूर्वपश्चिम राजमार्गमा  को। १ ज १४४६ नम्बरको मारुती भ्यान र बा। २ च ७५६२ नम्बरको कार एक आपसमा ठक्कर खांदा चार जना गम्भीर घाईते भएका छन् । दुर्घटनामा घाइते हुनेमा कारका चालक झापा दमक १४ का ४२ बर्षिय दिल बहादुर बुढाथोकी र कारमा सवार दमक १३ का ३५ बर्षिय खुम बहादुर डागी, २७ बर्षिय टंक कटुवाल र भ्यानका चालक धरान १७ का ३५ बर्षिय लोक नाथ उप्रेती रहेका छन् । घाइते चारै जनाको दमक आम्दा अस्पतालमा उपचार भइरहेको छ । दुबै कार र मारुती भ्यानलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्