के भो कुन्नी अकालमै म आफै मरेको देखे – सम्राट ढकाल

के भो कुन्नी अकालमै म आफै मरेको देखे – सम्राट ढकाल

आज राती सपनीमा ठुलै  आपत परेको देखे
के भो कुन्नी  अकालमै म आफै मरेको देखे
हरियो बाँसको खट म राखी माथी कात्रो ओढाएर्
अगी पछी मलामी सगैँ चिसाङ गंङामा झरेको देखे
के भो कोनी अकालमै म आफै मरेको देखे

सबै जाना शोक मग्न छन आखाँबाट आशु बगाइ
तर तिम्रो मुहारमा आशुको बाहार झरेको देखे
के भो कोनी अकालाई म आफै मरे को देखे

तिम्रो घर मा पन्छे बाजा मेरो घर मा दुलन फंख
मैले भर्ने खली सिउदो अरु कोइले भरेको देखे
के भो कोनी अकालाई म आफै मरे को देखे

सवा माथि लास चढाइ दाग बाती दिना लाग्दा
पराइको हात समाइ चिसाङ गांगामा झरेको देखे

आज राती सपनीमा ठुलै   आपत परेको देखे
के भो कोनी अकालमै,  म आफै मरेको देखे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्