पुरुषले आफ्नै श्रीमतीलाई हयाम्मरले हिर्काएर

पुरुषले आफ्नै श्रीमतीलाई हयाम्मरले हिर्काएर

खोटाङको दिप्लुङ गा.वि.स.मा एक पुरुषले आफ्नै श्रीमतीलाई हयाम्मरले हिर्काएर घाइते बनाएपछि आफै झुण्डिएर आत्महत्या गरेका छन ।

दिप्लुङ २ का ४८ वर्षिय अमर बहादर राईले आफ्नै ४५ वर्षिया श्रीमतीलाई गम्भीर घाइते बनाएपछि रुखमा झुण्डिएर आत्महत्या गरेका हुन । उनको शव घर नजिकैको गुँरासको रुखमा आज बिहान झुण्डिएको अवस्थामा फेला परेको थियो ।

पति पत्नीविच वादविवाद हुँदा हिजो सांझ करिब ९ बजे उनले पत्नीलाई टाउकोमा ह्यामरले हिर्काएका थिए । ह्याम्मर प्रहारबाट मैनाकुमारी राई गम्भीर घाइते भएकीले उनलाई स्थानीयले उपचारका लागि अस्पताल र्पुयाएका छन। घटनास्थलमा अनुसन्धान भईरहेको प्रहरी ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्