एक पुरुषले आफ्नै श्रीमतीलाई हथौडाले हिर्काएर घाइते बनाई आफूले आज झुन्डिएर आत्महत्या गरे

एक पुरुषले आफ्नै श्रीमतीलाई हथौडाले हिर्काएर घाइते बनाई आफूले आज झुन्डिएर आत्महत्या गरे

खोटाङको दिप्लुङ गाविसमा एक पुरुषले आफ्नै श्रीमतीलाई हथौडाले हिर्काएर घाइते बनाई आफूले आज झुन्डिएर आत्महत्या गरेका छन् ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार दिप्लुङ–२ बस्ने ४८ वर्षीय अमरबहादुर राईले आफ्नै ४५ वर्षीया श्रीमतीलाई गम्भीर घाइते बनाएपछि आज बिहान रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

पतिपत्नीबीच वादविवाद हुँदा आइतबार बेलुकी उनले पत्नीलाई टाउकामा हथौडा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्