भ्रमहरु बीच बाँचेका हामी नेपाली ! -पुरुषोत्तम भण्डारी

भ्रमहरु बीच बाँचेका हामी नेपाली  ! -पुरुषोत्तम भण्डारी

 

हुन त भ्रम भन्ने कुरा कुनै न कुनै रुपले हरेक मानिसको जीवनमा भै नै रहन्छ होला तर हामि नेपालीहरु बीच चाहिं अलि धेरै भ्रम छन कि जस्तोलाग्छ ! पढे-लेखेका विद्वान हरुमा आफ्नै खाले भ्रम देखिन्छन भने सामान्य गुजारा गरेर बाँचेका सामान्य मानिसमा पनि आफ्नै खाले भ्रमहरुदेखिन्छन ! एकपटक , दुई पटक धेरै भए तिन पटक सम्म पो मानिस भ्रम मा बाँच्न सुहाउँछ , यहाँ त भ्रम हरु पटक-पटक आईरहनछ्न र पटक-पटक हराउंदै गैरहेका देखिन्छन ! नयाँ -नयाँ कुराहरु बारेमा भ्रम हुनु त स्वाभाविक नै होला तर हामि नेपालीहरु बिचमा त एउटा कुरा प्रति पनि पटक-पटक उस्तै -उस्तै भ्रमहरु दोहोरीइ रहेका देखिन्छन !तर पनि हामि चेत्दैनौं ! अझै पनि हामि अर्काले गरिदेला र हाम्रो उन्नति होला भन्ने भ्रम माबाँचिरहेका छौं र तिनै पुराना र थोत्रा बिचार भएका राजनीतिज्ञ रुपी ब्वाँसा हरुलाई पत्याएर सबै कुरा उनीहरुकै जिम्मा लगाएर बाँचेका छौं ! नपत्याए,हेर्नुस त संसद-भवन तिर फर्किएर , को को के के गर्दैछन र के के भन्दैछन ! अनि हामि चाहिं उनीहरुका कुरा पत्याएर , फेरि पनि पहिलाकै जसरि भ्रमपालेर बसेका छौं , हाम्रा आ-आफ्ना नेताहरुले जे-जे भन्दैछन त्यहि-त्यहि कुरा मात्रै ठिक हुन ! त्यसैले हामि उनीहरुका बिरुद्ध मा एक शब्द बोल्दैनौं! बरु, हो मा हो मिलाएर अरुलाई नै गालि गर्छौं !

समयलाई पछाडी फर्केर हेर्ने हो भने हामि नेपालीहरु दैवी-शक्ति प्रतिको भ्रम मा बाँच्न थालेको सयौं  बर्ष भैसक्यो ! चाहे सासकलाई हेर्ने दृष्टिकोण माहोस् या कुनै प्रसासकलाई हेर्ने दृष्टिकोण मा होस् , हाम्रा बिचार सयौं बर्ष अघि जस्ता थिए, अहिले पनि त्यस्तै छन ! आफ्नाले चाहिं जसो गरे पनिराम्रै गरिरहेको छ र विरोधीले चाहिं नराम्रो मात्रै गर्छ ! राणा-सासन , शाह -सासन , तथाकथित प्रजातान्त्रिक सासन, अप्रजातान्त्रिक सासन ,माओवादी-सासन र अहिलेको कुसासन , जुनसुकै समय र काल लाई हेरे पनि हामि सर्ब-साधारण नेपालि जनता चाहिं , भ्रम नै भ्रम मा बाँच्यौं र बाँचीनै रहेका छौं ! त्यति हुँदा-हुँदै पनि हामि भ्रम पालना छोडदैनौं ! राणाहरु गएपछि , विष्णुका अवतार राजाले हाम्रो उद्धार गर्छन भन्ने भ्रम पालेर बस्यौं! राजा फाले पछि , नेताहरुले हाम्रो उद्धार  गर्लान भन्ने भ्रम पालेर बाँच्यौं ! मावोवादी हरु आएपछि , हाम्रो उद्धार हुनेभो भन्ने भ्रम पालेर बस्यौं ! उनीहरुले  उपत्यका भरि  ठुला-ठुला महल बनाएर चिल्ला-चिल्ला गाडीमा  सयर गर्नथाले पछि , बल्ल हामीले उनीहरुको भ्रम बात मुक्ति पायौं !अहिले कमल थापा जस्ता नाईकेले हिन्दु धर्म को रक्षा गरिदिन्छ र हाम्रो उद्धार गरिदेला भन्ने भ्रम पालेर उसको पछि लाग्दैछौं ! अब त के सम्मसुन्न थालिएको छ भने , ज्ञानेन्द्रको भाग्य मा तिन पटक राजा हुने योग छ अरे, उ फेरि राजा होला र हाम्रो उद्धार गरिदेला भन्ने अर्को भ्रम माहाउगुजी को पछि लाग्दैछौं ! हिजो माधव नेपाल र गिरिजा कोइरालाले कुन भ्रम मा होला नि, ज्ञानेन्द्रका पाऊ मा  भेटि राखेर "जधौ" गरेका ?

ठुला-साना सबै मानिसले , ज्ञानी-अज्ञानी सबै मानिसले , पढेका- नपढेका सबै मानिसले कुनै न कुनै प्रकारका भ्रम पालेका हुन्छन ! मैले  आफैंलेभोगेका भ्रम का केहि उदाहरणहरु यस प्रकार छन :१ माओवादीहरुले नेपालमा "उधुम" चलाईरहेका बेला प्रचण्डको बारेमा जे-जस्ता काल्पनिक तश्विरहरु हाम्रा दिमागमा कोरीए, आखिर ति सबै  भ्रम नै रहेछन !

२ "उधुम" किन भन्या होला जस्तो लाग्नसक्छ, उनीहरुले भनेजस्तो जनयुद्ध नै भएको भए त , आजको नेपालको तश्विर अलग्गै हुँदैनथ्यो र ?त्यसैले जनयुद्ध पनि एक प्रकारको भ्रम नै पो रहेछ !

३  एकपटक को कुरो हो , हाम्रो मुलघर मा पहाड बाट लगभग ७५ बर्ष पुगेकी एउटी हजुर-आमा आउनुभाथ्यो , हामि केटा-केटि नै थियौं ! सोफा-चेयरको सामुन्नेमा ठुलो ऐना भएको स्टिलको दराज थियो !त्यो ऐनामा निक्कै बेर  नियालेर हेरेपछि , वाहाँले हामीलाई सोध्नुभाथ्यो ," वाहाँ लाई तचिनिएन नि ! वाहाँ चाहिं को हो नि ?" यो चाहिं भ्रम थियो कि अज्ञानता ?

४ नातामा फुपु पर्ने एकजना बृद्धा ले म स्वयम् लाई  सोध्नुभयो, " हैन ! तँ  त धेरैलाई पढ़ाऊँछस अरे ! धेरैलाई सिकाऊँछ्स अरे ! तेरो आफ्नो शरीरपनि निको पारिस कि क्या हो ? निक्कै खाइलाग्दो पो भैछ्स त !" यो कस्तो खालको भ्रम हो नि ?

५  एकपटक पढाईरहेको बेला टेलिफोनको घन्टी बज्यो , उठाउने मान्छेले निक्कै बेर फोन नउठाए पछि , मेरी आफ्नै असि बर्ष पुगेकी फुपु फोनकोनजिकै जानुभएछ र  भन्नुभएछ ," नकरा है ! अहिले नकरा ! सर अहिले पढ़ाऊँदैछन , तँलाई उठाउन जान्ने केटो छैन ! मलाई तेरो कान निमोठ्नअऊँदैना , नकरा ! "यो चाहिं के थियो नि ?

६ यस्तै-यस्तै  धेरै भन्दा धेरै भ्रमहरु पालेर बसेका हामीहरु अझै पनि कस्ता-कस्ता अनौठा भ्रम को पछाडी दौडीइरहेका छौं ! हामि सोच्दछौं ,फलानाले चाहिं हाम्रा लागि केहि गरिदेला ! तर , अफसोच ! कसैले कसैकालागी केहि गरिदिदैन ! सबै आ-आफ्नै स्वार्थमा दौडीइरहेका छन ! .........................बरु, उनीहरु आफैं आ-आफ्ना  भ्रम मा  दौडिरहेका छन !तपाईं हामि भन्दा उनीहरु पो झन् बढी दुखी छन नि ! असन्तोष को दु:ख लेपिरोलिएका , सधैंका दुखी !

तपाईंहरु नि ? कस्ता -कस्ता भ्रम पालेर बस्नुभएको छ नि ?

पुरु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्