प्रचण्ड घुर्किहरु र जनता झुक्याउने मेलो ! -पुरुशोतम भण्डारी

प्रचण्ड घुर्किहरु र जनता झुक्याउने मेलो ! -पुरुशोतम भण्डारी

 

हाम्रो देश नेपालमा घुर्की नलाउने मानिस को छ ? जसलाई हेर्नुस त्यसले घुर्की नै लगाइरहेको देखिन्छ ! सामान्य मानिस देखि लिएर ठुलो पोस्ट मा बसेका प्रधान-मन्त्रि ले समेत घुर्क्याएको देख्न सकिन्छ ! हाम्रा महान नेता प्रचण्ड ज्यु त झन् घुर्की लगाउनमा माहिर नै हुनुहुन्छ , नपत्याए हेर्नुस उनका घुर्किहरु ! अहिले त झन् घुर्की लाउने सिजन( संबिधान बनाउंदै छौं भनेर देखाउने समय ) नै भएर होला , हरेक तह र तप्का बाट घुर्किहरु बर्सिईनै रहेका देखिन्छन !
घुर्की भन्ने कुरा लाउन नै नपाइने त हैन तर कस-कसले कुन-कुन बेलामा कस्ता-कस्ता घुर्की लाउँछन , ति कुरा चाहिं महत्वपुर्ण/ महत्वहीन हुन् ! कमल थापाका घुर्किहरु, खुम बहादुर खड्काका घुर्किहरु, केपी ओलीका घुर्किहरु, शुशिल कोइरालाका घुर्किहरु , मधेसवादी दलहरुका घुर्कीहरु र यस्तै यस्तै नजाने कति हो कति घुर्की नै घुर्किहरु अहिले हाम्रो देश नेपालमा फल्दै-फुल्दै गरेको देख्न पाइन्छ !
घुर्की लाउँदा के फाइदा /बेफाइदा होलान त ? छोरा-छोरीले बाउ-आमा संग घुर्की लाउँदा भनेको कुरो पाउलान ! नेताहरुले घुर्की लाउँदा कुर्सि पाउलान !कर्मचारीले घुर्की लाउँदा बोनस/घुस/राम्रो कमाई हुने ठाऊँ पाउलान भने , जनताले घुर्क्याउन त के पाउँछन ? पुलिसका लठ्ठी पाउँछन !मान्छेको औकात अनुसारका घुर्की ले त्यसै अनुरुपका पुरस्कार पऊँछ्न !त्यसैले होला हरेक तह र तप्कामा भएका मानिसहरुले आ-आफ्नै किसिमले घुर्की लगाईरहनछ्न, त्यैले सम्म जहिले सम्म उनीहरुले केहि प्रतिफल पऊँदैनन !
घुर्की केवल घुर्की मात्रै हैन , यो त चेतावनी पनि हो जुन हतियारको प्रयोगले मानिसलाई फाईदा नै फाइदा हुन्छ !त्यसैले साना देखि ठुला-ठुला मानिसहरुले पनि बेला-बेलामा घुर्की लाईरहनछ्न !कसैले घुर्की पुरा नभएमा बिनाश पनि गरिदिन्छन र कसैले चाहिं पख्लास !पख्लास ! भनेर घुर्की चाहिं देखाई रहन्छन तर केहि गर्न सक्दैनन् !
अब प्रश्न उठ्न सक्छ कि अहिले किन प्रचन्डले घुर्की देखाउंदै रोल्पा र डोल्पा का खोल्सा-खोल्सी डुल्दै हिंडेका ? किन पुराना बंकरमा गएर कछुवारुपी आँशु झारेका ? के उनको घुर्कीले काम गरेन भने उनि फेरि तिनै पहाड-पर्वत र खोल्सा-खोल्सीमा गएर , सोझा-साझा गाउँले हरुलाई लिएर , फेरि जनयुद्ध शुरु गर्लान त ?
कहिलेकाहीं काल्पनिक कुरालाई लिएर पनि वाद-विवाद गर्नुपर्छ भन्छन केहि विद्वानहरु ! काल्पनिक बिषयमा काल्पनिक बहश गर्दा हाम्रा पुर्वा-ग्रहहरु हराएर जान्छन र सहि कुरा सामुन्ने आउँछ , भन्छन केहि विद्वानहरु ! यदि त्यसो हो भने प्रचण्ड ले के गर्लान त ? एमाले र कांग्रेश ले प्रचन्डले भनेकै जस्ती गरिदेलान कि आफु खुशी गर्लान ? एमाले र काङ्ग्रेश्ले प्रचण्ड को कुरा मानिदिएनन भने स्वयम् प्रचण्ड ले चाहिं के गर्लान नि ? यी सब कुराहरुबारे जानकारहरु चाहिं एक शब्द पनि बोल्दैनन , किनभने ति जानकारहरु कसै न कसैका "हण्डी" खाएर बसेका छन !
त्यो भन्दा पनि ठुलो र महत्वपूर्ण कुरा त के हो भने हामीले बाहिर-बाहिर देखेका एमाले, कांग्रेश र मावोवादी , यिनीहरु आफैंमा सांच्चिक्कै कोहि पनि हैनन् ! यी सबै त केवल हामि नेपालि जनतालाई देखाएर तर्स्याउने बुख्याँचा मात्रै हुन् !
अर्को शब्दमा भन्ने हो भने यी सबै कसै न कसैका काठ-पुतलीहरु हुन् ! यिनीहरुका मालिकले जुन जुन औंला चलाएर जस्तो जस्तो नाच देखाउन मनलाग्छ , त्यस्तै त्यस्तै नाच देखाउनको लागि यिनीहरुलाई नचाउँछन ! अहिले भएको त्यत्ति मात्रै हो ! सबैलाई उनीहरुका मालिकले नाच देखाउने बेला भयो, लौ नाच भनेर , यिनीहरु नाच्दैछन ! यिनीहरुका नाचलाई हामि सर्वसाधारण जनता चाहिं लौ न के के पो हुने भयो भन्दैपत्याऊँदै छौं ! सहि अर्थमा भन्ने हो भने सबैले घुर्की देखाए जसो गरेर हामीलाई अल्मल्याएका मात्रै हुन् !
किन अल्मल्याएका ? किनभने उनीहरुका असली मालिकलाई यी जस्तै कठपुतली नचाएर जनतालाई अल्मल्याउने खेल सार्है मनपर्छ ! यस्तो खेल बाट उनीहरु माला-माल हुन्छन !
पुरु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्