यहि देशमा बसेर केहि गर्छु : बसन्त अधिकारी

<span class='c1'>यहि देशमा बसेर केहि</span> <span class='c2'>गर्छु : बसन्त अधिकारी</span>

basanta Adhikari
बिराटनगरका युवाहरुको माझ बसन्त अधिकारी परिचित नाम हो । २०६६ सालदेखि देखि 'गरि खान देउ’ र हाल आएर ‘बिकल्प एन अल्टर्नेटिभ’ मा आबद्ध बसन्त अधिकारी पुर्वाञ्चलका युवा र सामाजिक क्षेत्रमा स्थापित नाम हो । सितागन्ज सुनसरीमा २०३४ साल जेठ २ गते जन्मिएका उनी गोपाल अधिकारी र सीतादेवी अधिकारीको जेठो छोराको रुपमा जन्मेका हुन् । प्रस्तुत छ सामाजिक क्षेत्रमा लामो समय बिताएका अधिकारीसँग आवर विराटनगर डट नेटका प्रयास दाहालले गरेको कुराकानीको अंश:


१) अहिले कुन कुन अभियानमा सामिल हुनुहुन्छ ?
अहिले म गरी खान देऊ अभियान आवद्ध छु साथै भर्खरै बिकल्प एन अल्टर्नेटिभ नामक संस्था आफैले सुरु गरेको छु । गरी खान देऊ अभियान २०६६ सालदेखि सुरु भएको राष्ट्रिय अभियान हो जसले नेपाली जनताले नेपालमा बसेर गरी खान पाउनु पर्छ, देशमा बिधिको शासन हुनु पर्छ र सबै जनाले आफ्नो पेशा स्वतन्त्र रुपले गरि खान पाउनु पर्छ भनेर नागरिकहरुको पक्षमा आवाज उठाउने काम गर्छ l बिकल्प एन अल्टर्नेटिभले बजार केन्द्रित आर्थिक मुद्दाहरु उठान गर्ने, जबाबदेहिता र बिधिको सासनको निम्ति नागरिकहरुलाई सुसुचित र जागरुक गराउने कार्य गर्छ ।


२) पुर्वाञ्चलमा बसेर यतीका बर्ष देखी युवाहरुलाई सामजिक काममा अग्रसर बनाइ राख्नु भएको छ कस्तो रहयो अनुभव ?
रमाईलै छ । यो क्षेत्र नै येस्तै रहेछ,काम गर्दै गएपछि यसबाट निस्किन गारो नै हुनेरहेछ । युवाहरुलाई सामाजिक कार्यमा आग्रसर गराउन पाउदा निकै नै सन्तुस्ट महसुस हुन्छ l


३) हाम्रो देशको बर्तमान अवस्थालाई कसरी हेर्नु हुन्छ एउटा युवा अभियानकर्मी भएको नाताले ?
बर्तमान अवस्था संक्रमणकालिन हो, नेतृत्व पंक्तिको अदुरदर्सिताको कारण राजनीतिक र सामाजिक अस्थिरता निम्त्याएको छ । जसले गर्दा सबै कुरा अन्योलमा छ । यहाँ कानुनी शासन र शुशासन छैन, भाइचारा र सदभाब खल्बलिएको छ, भ्रष्टाचार निकै बढेको छ, व्यक्ति हरुले स्वतन्त्र रुपले आफ्नो पेसा व्यवसाय गरि खान पाई रहेको अवस्था छैन, सर्व साधारण जनता गरिबीको मारमा पिसिएका छन् जसलाई निकास दिने सोच हाम्रो राज्यका सेवकहरु संग छैन l तर पनि यो अवस्था सधै रही रहने छैन, एक पटक राजनैतिक स्थिरता र कानूनी सासन को स्थापना भएपछि अरु समस्या हरुपनि निराकरण हुदै जानेछन l

४) दैनिक १७०० युवा बिदेशी भुमिमा जादा कुनै दिन तपाईंलाई पनि यो देशमा बसेर केहि नहुने रहेछ , म पनि जानु पर्छ बिदेश भन्ने लागेन ?
हाल सम्म विदेशमा गएर बसौ भन्ने सोच त आएको छैन तर कहिले काही यहाको परिस्थितिले गर्दा विचार भने चाई नआउने हैन l तर मलाई यहि देशमा बसेर केहि गर्छु भन्ने विश्वास छ l

५) किन बिग्रेको होला हाम्रो देश ? नेता खराब कि के खराब ?
एउटा प्रमुख कुरा चाही हाम्रो लिडरशिप जबाफदेहि र जिम्मेवार नभएको कारणले गर्दा हो l दोस्रो बिधिको सासन नभएको कारण र तेस्रो सहि आर्थिक नीति र त्येसको कार्वानयन नभएर पनि हो l साथै नागरिकहरुले पनि बोल्नु पर्ने ठाउमा चुप लागेर बसिदिनाले पनि यो अवस्थाको सिर्जना भएको हो ।


६) बन्द हडताल बिरुध लाग्नु भयो र गरी खान देउ आभियानबाट धेरै जनचेतना जगाउनु भयो , अहिले त बन्द हडताल पनि हुन छाडेको छ, आफ्नो अभियान सफल भएको मन्नु हुन्छ ?
हामीले नै गर्दा बन्द हडताल बन्द भएको हो भनेर भन्न मिल्दैन । अहिले मानिसहरु बन्द, हड्ताल, तोडफोड आदि बाट आजित भैसकेका छन् जसले गर्दा मानिसहरु ठाउँ-ठाउँबाट बन्द हडतालको बिरुध्द प्रतिकारमा निस्कन थालेका छन्, जुन कुरा राम्रो हो भन्छु म । यो कुरा नेताहरुले बुझी सकेका छन् र आजकाल केहि हदसम्म उनीहरुले बन्द हडताल गर्न छोडेका छन् । गरी खान देउ अभियान यस सम्बन्धि केहि हद सम्म चेतना चै फैलाएको हो ।


७) बन्द हडताल बिरुध लाग्दा कुनै दिन कतै बाट धम्की आयो कि आएन ?
त्यस्तो धम्की चै कतैबाट आएन तर काठमाडौँमा बिबेकशील नेपालीको साथि लगायत अन्य युवा साथीहरुसंग मिलेर हामी बन्दको बिरोध गर्दा लाग्दा बैध समूहका साथी र हामी बीच झन्डै भिडन्तको स्थिति आएको थियो, ठुलो समुहमा प्रहरी भएको हुनाले त्यस्तो केहि हुन भने पाएन । तर ब्यक्तिगत रुपमा मलाई त्यस्तो धम्की चै आहिले सम्म आएको छैन ।


८) तपाईंलाई त पुर्वान्चलमा सबै युवाले आफ्नो " हिरो " मान्छन , कस्तो लाग्छ युवाहरुबाट माया पाउदा ?
माया पाउदा पक्कै पनि राम्रो लाग्छ । यस्तो माया पाउदा हौसला र सन्तुस्टी पनि हुन्छ र अझै धेरै गर्ने प्रेणणा प्राप्त हुन्छ l यसको लागी मा सबै प्रति अनुग्रहित छु l


९) बसन्त अधिकारीले सामजिक क्षेत्र नै रोज्नुको कारण केहि थियो कि ?
यो मेरो पहिला देखि नै रुचिको बिसय रहेको थियो l म स्थानिय क्लबमा पहिलेदेखि नै आबद्ध थिए र विभिन्न सामाजिक तथा खेलकुद कार्यमा संलग्न हुने गर्थे । केहि समय मैले ड्रग्स लिएपनि पनि सामाजिक काममा रुची भएको कारण पछि त्यो लत पनि छुट्यो र निरन्तर रुपमा नै सामाजिक क्षेत्रमा नै लागियो l


१०) तपाईंले त देश बिदेश पनि घुमेर आउनु भएको छ, के फरक छ यहाँ र वहाँका युवामा ?
त्यति धेरै देशहरु चै मैले घुमेको छैन तर जति पनि म बिदेश घुमे उनीहरुमा कानुनी शासन छ, उनीहरु व्यवस्थामा हिड्छन्, समयको महत्व बुझेका छन्, उनीहरुमा वर्क इथिक्स छ, क्यारियर फोकस छन् l तर हाम्रो देशमा त्यो कुराहरु भएन, राजनीतिक संरक्षणको आडमा जे गरे नि हुन्छ भन्ने भान परेको छ, समय कहाँ, के मा कसरि खर्च गर्ने भन्ने कुरा नै हामीलाइ थाहा छैन, हामी संग कहाँ जाने के गर्ने भन्ने कुराको भिजन नै छैन ।


११) देश बन्न अझ कती समय लाग्ला ?
यति नै समय लाग्छ भनेर भन्न सक्दिन तर देश बनाउन चाहने हो भने छिट्टै नै बन्छ । ३५ वर्ष अगाडीको चिन र २५ वर्ष आगदिको भारतको अवस्था हेर्नुस र आजको अवस्था हेर्नुस फरक त्यही भेट्नु हुन्छ ।


१२) बसन्त अधिकारी जस्ता होनहार युवाले राजनिती नगरेर पनि यो देशमा यस्तो अवस्था आएको हो ?
सबै ब्यक्तिले राजनीतिक गर्न सक्ने कुरा हुदैन र सबैले राजनीति नै गर्नु पर्छ भन्ने मान्यता पनि म राख्दिन । हो नागरिक भएको नाताले राजनीतिमा के हुदैछ भनेर सबैको चासो र खबरदारी हुनु पर्छ l किनकि हाम्रो दैनिक जिबनको हरेक पक्ष राजनीतिले नै निर्धारण गर्दछ l यहासम्म कि हामीले पिउने पानि, हामीले लिने सिक्षा, हामीले खाने औषधीको दाम सम्म कति राख्ने र कति कर लिने भन्ने कुराको निर्णय पनि राजनीतिले नै गर्दछ l मानिसहरुले राजनीतिक फोहोरी खेल हो भन्छन तर म फोहोरी खेल हो चै भन्दिन । मात्र केहि फोहोरी सोच भएका मानिसहरुले फोहोरी खेल खेलेका कारण आज यो अवस्था आएको हो l मैलेले नै राजनीति नगरेर यो देश बिग्रेको भन्दा पनि हामी नागरिकहरुको उदासीपन र नेता तथा पार्टीहरुको गैर जिम्मेवारीपनको कारण आज हाम्रो यो स्थिति हुन गएको हो म एउटा सचेत नागरिक भएको नाताले आफ्नो कर्तब्य बाट पछि हट्ने छैन र जहिले पनि असल नागरिकको हैसियतले राजनीति भन्दा बाहिर रहेर पनि म आफ्नो जिम्मेवारी पुरा गर्छु l तर मा भन्छु असल मानिसले राजनीतिमा चासो देखाउन र लाग्न गरुरी छ l


१३) के हामी आगामी दिनमा तपाईलाई राजनीतिमा देख्न सक्छौ ?
जीवन सकिएको छैन,अगाडी के हुन्छ भन्ने कुरा कसैलाई थाहा हुदैन यस बिसयलाइमा ओपन राख्न सक्छु ।


१४) अन्त्यमा के भन्न चाहनु हुन्छ अहिलेका युवाहरुलाई ?
अहिलेका युवाहरुले आफु आगाडी बढ्न आफ्नो क्ष मता चिन्न र ब्यक्तिगत विकासको लागि काम गर्न जरुरी छ । एउटा सहि दृष्टिकोण र भिजन हुन जरुरी छ, हामीले हाम्रो सामाजिक जिम्मेवारी पनि छ भन्ने कुरा चाही बिर्सनु हुदैन । सधै सकारात्मक सोचौ र जिबनमा अगाडी बढ्दै जाउ l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्