एक आमाले आफ्नै तीन महिनाकी छोरीलाई गुडिरहेको बसमुनि फालिन

<span class='c1'>एक आमाले आफ्नै तीन महिनाकी</span> <span class='c2'>छोरीलाई गुडिरहेको बसमुनि फालिन</span>

बिराटनगर,कार्तिक २७ : धनकुटाको भेडेटार ७ राजारानी भेडेटार सडकखण्डमा आज बिहान एक आमाले आफ्नै तीन महिनाकी छोरीलाई गुडिरहेको बसमुनि फालेकी छन । बसको चक्काले किचेर नाबालिकाको घटनास्थलमै मृत्यु भएको छ ।
भेडेटार ६ बस्ने टेकबहादुर मगरको ३५ वर्षिया पत्नी तिलमाया मगरले बिहान तिन महिनाकी छोरीलाई राजारानीबाट धरानतर्फ आउदै गरेको मे १ ख ३९९ नम्बरको बसमुनि फालेकी हुन । बसको पछाडीको चक्काले किचेर नाबालिकाको घटनास्थलमै मृत्यु भएको छ । आमाको केही वर्षदेखि मानसिक सन्तुलन बिग्रिएको स्थानीयले प्रहरीलाई बताए ।
प्रहरी चौकी भेडेटारबाट गएको प्रहरीले तिलमाया मगर र बसका चालक धनकुटा डाँडाबजार ९ बस्ने ४६ वर्षिय हेम बहादुर मगरलाईसमेत नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्