आफ्नै श्रीमती र जेठिसासुलाई खुकुरी प्रहार

आफ्नै श्रीमती र जेठिसासुलाई खुकुरी प्रहार

झापा बेलडागी २ स्थित भुटानी शरणार्थी शिविरमा आज बिहान एक पुरुषले आफ्नै श्रीमती र जेठिसासुलाई खुकुरी प्रहारगरी घाइते बनाएका छन।

भुटानी शरणार्थी शिविर सेक्टर नम्बर बि वान हट नम्बर ७८ । ८० मा बस्ने ३८ वर्षिय सनम राईले ३५ वर्षिया श्रीमती देवीमाया सुब्बा र उनकी दिदी सेक्टर नम्बर बि थ्रि हट नम्बर ४१ बस्ने ३७ वर्षिया बिष्णुमाया मगरलाई खुकुरीले प्रहार गरी घाइते बनाएका हुन ।

उनीहरुविच घरायसी विवाद हुँदा सनमले दुबैको टाउकोमा खुकुरीले हानेका थिए । गम्भीर घाइते दुबैको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने राई फरार रहेकाले प्रहरी चौकी बेलडाँगीबाट खोजतलाश भइरहेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्