गाँउको विकासमा जुट्दै प्रवासी नेपाली

गाँउको विकासमा जुट्दै प्रवासी नेपाली

prashant Niroulaअरुको भर नपरौ,आफ्नो गाउँ आफैं बनाऔ यो वाक्यांश लाई आत्मसात गर्दै मोरङ केचनाका प्रवासी युवाहरुले समुदायमा एउटा उदाहरणीय कार्यको थालनी गरेका छ्न । वैदेशिक रोजगार तथा अन्य सिलसिलामा प्रवासमा रहेका केचनाका युवा भने आफ्नो गाउँमा आवश्यक भौतिक एवं अन्य विकास निर्माणका कार्य आफै संचालन गर्न कम्मर कसेका हुन । विश्वका विभिन्न देशमा छरिएर रहेका केचनाका युवाहरुले अनलाईन प्रविधिको प्रयोग गरि तीन महिना अघिबाट शुरु गरेको केचना गाउँ विकास अभियानले हाल आएर कानुनी औपचारिकता पूरा गरि सकेको छ भने एम्बुलेन्स सेवा सन्चालनका निम्ति आवश्यक रकम को समेत लगभग प्रबन्ध गरिसकेको छ ।

विशेषतः वैदेशिक रोजगारको सिलसिलामा प्रवासमा कार्यरत केचनाका केही सकृय युवाहरूको पहलमा लोकप्रिय सामाजिक संजाल फेसबुकको माध्यमबाट समूह एकीकृत भएको हो । खाडी मुलुकको अलावा युरोप र अमेरिकामा रहेका प्रवासी युवाहरूले फेसबुक को ग्रुप च्याट मार्फत आफ्नो गाउँको आवश्यकता र सवालहरु माथी छ्लफल र पहिचान गरि विकाश अभियानमा जुटेका हुन । शुरुवातमा समूह छलफलको माध्यम बाट गत अगस्ट मा प्रवासी समिती गठन गरेका थिए । उक्त प्रवासी समिति बाट विभिन्न मुलुकमा प्रतिनिधि चयन गरि हरेक मुलुकमा रहेका प्रवासी केचनावासी को तथ्यांक लिईएको प्रवासी समितिका अध्यक्ष राजन राई (बेलायत) बताउछन् । प्रवास बाट सङ्कलित रकमलाई केचना मै केचना सामुदायिक विकास केन्द्र नामक संस्था गठन गरि उक्त संस्थाको खातामा जम्मा गर्ने व्यवस्था मिलाईएको राई बताउँछन् । जिल्ला प्रशासन कार्यलय मोरङमा दर्ता गरिएको उक्त संस्थाले प्रवाशी समिती सङ्गको समन्वय र निर्देशनमा गाउँमा विकास निर्माणका कार्यको थालनी समेत गरिसकेको अध्यक्ष राईले बताए । मुख्यत त्यहाँको प्रमुख आवश्यकताको रूपमा रहेको एम्बुलेन्स सेवा लाई पहिलो प्राथमिकता दिदै एम्बुलेन्स खरिदका निम्ति आवश्यक रकम संकलन भइ रहेको र हाल करिब ७ लाख संकलन भइ सकेको प्रवासी समितिका सह(सचिव रामकुमार परियार (यु.ए.ई.) बताउँछन् । एम्बुलेन्स सेवाको अलावा समिती र संस्था को माध्यम बाट केचनाको चिनारी को रूपमा रहेको सुन्दर पर्यटकिय स्थल कमलपोखरिको प्रचार प्रसार गरि पर्यटन उध्योग सन्चालन गर्ने,सुविधा समपन्न अस्पताल सन्चालन गर्ने,लागुपदार्थ दुर्व्यशन उन्मुलनका निम्ति विविध कार्यक्रम सन्चालन गर्ने,युवा स्वरोजगारका निम्ति लघु उद्योग हरु स्थापना गर्ने,सहकारी पसल सन्चालन गर्ने र आवश्यकता अनुसार भौतिक विकास निर्माणका कार्यहरु समेत गरिने परियार बताउछन् ।

उता,प्रावासी युवाहरुको यसतो उत्साह र सक्रियता देखेर स्थानीय समेत दङ्ग परेका छ्न । वर्षौं बाट सरकारि निकायको मुख हेर्दाहेर्दै आजित बनेका स्थानीय वासी आफ्नै छोरा नाति हरुको पहलमा एम्बुलेन्स आउने भएपछी हर्सित बनेका छ्न । हिलाम्मे सडक मा ग्राभेल र हयुम पाईप लाग्ने भए पछि सनतान प्रती गर्व गर्न थालेको केचना सामुदायिक विकास केन्द्रका कोषाध्यक्ष जस बहादुर राई बताउँछन् ।

प्रवासमा रहेका केचनावासी बाट जनही १० देखि १५ हजार र स्वैच्छिक रूपमा संस्थाको खातामा सहयोग रकम जम्मा गर्ने कार्य निरन्तर चलिरहेको प्रवासी समितिका कोषाध्यक्ष प्रेम बान्तावा (मलेसिया ) बताउँछन् । भावी सन्ततिका निम्ति प्रेरणा र उदाहरण समेत भएको बान्तावाको भनाई छ । यता यसप्रकारको उदाहरणीय कार्यको सबैले सिको गरे विकासका निम्ति राज्यको मुख ताक्नु नपर्ने जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्