एक महिनामा २० लाख ४१ हजार ९ सय रुपैयाँ राजश्व सङ्कलन

एक महिनामा २० लाख ४१ हजार ९ सय रुपैयाँ राजश्व सङ्कलन

बिराटनगर,मङ्सिर २ : जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी चेकजाँचमा कडाई गरेसँगै एक महिनामा २० लाख ४१ हजार ९ सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार कार्तिक १ देखि ३० गतेसम्मको अवधिमा लाईसेन्स चेकजाच, मादक पदार्थ सेवन जाच तथा सवारी साधनलाई गरिएको कारवाहिबाट २० लाख रुपैयाँ बढि राजस्व सङ्कलन भएको हो ।
कार्यालयका अनुसार मापसे जाचका क्रममा एक सय १३ जनालाई कारबाही गर्दा एक लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।
यसैबिच कात्तिक महिना भरी झापामा भएका ७ वटा सवारी दुर्घटनामा परि ३ जनाको मृत्युभएको छ । ६ जना घाईते भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्