झापा जिल्ला अदालतमा एक महिनाको अवधिमा कुल दुई करोड ३८ लाख ९२ हजार रुपैयाँ जरिवाना असुल

झापा जिल्ला अदालतमा एक महिनाको अवधिमा कुल दुई करोड ३८ लाख ९२ हजार रुपैयाँ जरिवाना असुल

विगतमा फैसला भई कैद र जरिवाना भुक्तानी नभएको असुल उपर गर्ने अभियान सञ्चालन भएपछि झापा जिल्ला अदालतमा एक महिनाको अवधिमा कुल दुई करोड ३८ लाख ९२ हजार रुपैयाँ जरिवाना असुल भएको जनाएको छ ।
झापा २०१० सालदेखि अहिलेसम्ममा एक हजार ८सय८४ थान मुद्दाबाट चार हजार ५०० वर्ष कैद र ३४ करोड रुपैयाँ जरिवाना असुल हुन बाँकी देखिएको थियो ।
लगभग तीन हजार व्यक्तिबाट कैद र जरिवाना असुलउपर गर्ने अभियान सञ्चालन भएपछि कात्तिक महिनामा २३ थान मुद्दाबाट जरिवाना र कैद ३९ वर्ष नौ महिना १३ दिन भुक्तान भएको अदालतका तहसिलदार विदुर नेपालले जानकारी दिनुभयो ।
वन मुद्दामा सात वर्षअघि छ महिना कैद र एक करोड ८८ लाख जरिवाना तोकिएको झापा टागनडुब्बाका उपेन्द्र चौधरी घरमै लुकिरहेको अवस्थामा अभियानमा संलग्न प्रहरीले पक्राउ गरी जेल चलान गरिएको छ ।
.............

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्