अवैध रुपले विद्युत् चोरी गर्ने १० जना पक्राउ

अवैध रुपले विद्युत् चोरी गर्ने १० जना पक्राउ

झापाको दुई गाविसबाट अवैध रुपले विद्युत् चोरी गर्ने १० जनालाई पक्राउ परेका छन् ।
तोपगाछी र बैगुन्धुरामा विद्युत् पोलबाट तार लगाई चोरी गर्नेलाई नेपाल विद्युत प्राधिकरण दमक र प्रहरीको टोलीले पक्राउ गरेको हो ।
आज बिहान चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । तीमध्ये बेैेगुन्धुरा–३ का सिताराम भट्टराईसँग १५ हजार २सय ४६ र तोपगाछी– ९ की चित्रा सिटौलासँग १० हजार ८सय रुपैयाँ जरिवाना विद्युत् प्राधिकरण वितरण केन्द्रले लिएपछि उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकले छोडेको छ ।
प्राधिकरणले दक्षिणी ग्रामीण क्षेत्रमा अवैध रुपले विद्युत् चुहावट नियन्त्रण गर्न प्रहरीको सहयोगमा निगरानी गर्ने अभियान सञ्चालन गरिआएको छ । पछिल्लो समय सधैँ विद्युत् चुहावट हुने क्षेत्रमा चुहावटका घटनामा केही कमी आएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्