जिल्ला कारागार उदयपुरमा कैदीवन्दीहरुविच झडप हुँदा पाँचजना कैदी घाइते

जिल्ला कारागार उदयपुरमा कैदीवन्दीहरुविच झडप हुँदा पाँचजना कैदी घाइते

बिराटनगर,मङ्सिर ०५ : जिल्ला कारागार उदयपुरमा आज कैदीवन्दीहरुविच झडप हुँदा पाँचजना कैदी घाइते भएका छन ।
कारागारका नाईके, भाईनाइके तथा चौकीदारहरुको काम कारवाहीप्रति केही कैदीबन्दीहरुले असन्तुष्टि जनाएपछि उनीहरुविच झडप भएको प्रहरीले जनाएको छ ।
झडपमा नाइके मनोज राई, कैदी युवराज विश्वकर्मा, तुलसी राई, मित्र बहादुर विश्वकर्मा र भागवत मलाहा घाइते भएका छन ।
तुलसी राईको टाउकोमा गहिरो चोट लागेकोले उनलाई उपचारका लागि न्युरो अस्पताल बिराटनगर ल्याइएको छ ।
अन्यको जिल्ला अस्पतालमा उपचार पश्चात अवस्था सामान्य रहेको छ । जिल्ला कारागारमा थप झडप हुन नदिन जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी नायव उपरीक्षकसहितको टोली परिचालन गरिएको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्