सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित सवार गाडी सुनसरीको इटहरीमा दुर्घटना भएको छ ।

<span class='c1'>सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित सवार गाडी</span> <span class='c2'>सुनसरीको इटहरीमा दुर्घटना भएको छ ।</span>

बिराटनगर,मङ्सिर ०६ : विराटनगरबाट इटहरीतर्फ आइरहेको मन्त्री सवार बा १ झ ९८९० नम्बरको गाडीलाई सोही दिशातर्फबाट आउ“दै गरेको को १ ख २३१७ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट मन्त्री पण्डित शकुशल रहेपनि उनका पीए वासिम आलम गम्भीर आइते भएका छन् भने एक सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । गम्भीर घाइते आलमलाई इटहरीको सामुदायिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि बिराटनगरस्थित न्युरो अस्पताल ल्याईएको छ । आज बिहान सुनसरीको खनार ३ मा ट्रकले मन्त्री चढेको गाडीमा ठक्कर दिन पुगेको थियो । ट्रकको ठक्करबाट मन्त्री सवार गाडीको पछाडीको भाग कच्याककुचुक भएको छ । प्रहरीले ट्रक र त्यसका चालकलाई नियन्त्रण्ँमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्