प्यारी आमा!
तिमीले भने झैँ,
धर्ति जस्तो सहनशील भइ दिए म,
तर,
यहाँ त धर्तिलाई नै बोझ मान्दा रहेछन
पोल्ने र काट्ने त याँहाको प्रथा नै रहेछ
हरेक रात तपाइको ज्वाइंको रजाईमा पेलिन्छु म,
अनि हरेक नौ महिनामा अर्को एक बच्चो
फेरी येही कोखबाट जन्मन्छ,
फेरी येही घर मा दब्बिनछl
आमा!
मलाई त अब डर छ कि
मेरा इनै सन्तानले मलाई,
आफ्नो भावी को दोष लगाउलान् भन्ने
न त पाल्नै सकें राम्ररी,
न त फाल्नै सकें बेस्सरी,
बरु म, तिम्रो कोख मै हुँदा मारीएको भए आमा!
अहिले तिमीलाई,
यसरी हिन्नता बोध गराऊन्न् थिएँ हुँला
यस्तो खिन्न तिमीलाई पार्दिन थिएँ हुँला
खैर,
अब तिम्री छोरी धर्ति बन्न सक्दिनl
आमा, मलाई माफ गरीदेउ है?
अब,
आफ्नो लागि पनि म बोल्नेछु,
अरु आत्माहरुलाई जन्माउने म छैन,
हरेक रात अब म लुटीने छैन,
हरेक बिहान अब म कुटीने छैनl
प्रसव पिडा त के रहेछ? आमा?
यो धर्तीले त त्यो भन्दा बर्ता सहनु पर्ने रहेछ
त्यसैल आमा, अब धर्ति बन्न म स्वीकार्य छैन
मेरा छोरीहरुलाई धर्ति बन्न म सिकाउने छैन
किनकि आमा,
म लक्ष्मी र सरस्वती बन्न सक्छु भने,
म चण्डी र काली पनि बन्न सक्छु!!!