नयाँ अनुहार (कलेज स्टोरि) – सुरज सुबेदी

नयाँ अनुहार (कलेज स्टोरि) – सुरज सुबेदी

वसेको एक घण्टापछि;

"फोन यता ले म तेस्लाई फोन गर्छु"

राकेशको मातेको स्वर ।

" रूक न दश वजेपछि गर कम पर्छ" , सम्झाउने उस्तै आवाज ।

"लाउड स्पिकस पार्ने भा म दिन्छु,"

टेवलकोकुनामा टाउको समाउदै वसेको अर्को सदस्यको ससर्त प्रश्ताव ।

राकेश के गर्ने भनेर अल्मलियो । निर्णय लिन सकेन । थप एक प्याक स्वाट्ट पार्दै उसले हा... गरेर दुवैलाई सासको जवाफ दियो । उनिहररूले कुनै प्रतिकृया दिएनन?

******

ईटहरिवाट पश्चिमतिर लगभग १० मिनेट पैदल,वाईकमा १ मिनेट, हिँडेपछि ट्राफिक वस्ने एउटा चोक र त्यहाँवाट उत्तर लाग्नेवित्तिकै आउने पहिलो सेकुवा पसलमा हामी वसेका थियौ ।

राकेश , म अनि मैले नचिन्ने उसका दुईजना साथी ।रातको यस्तै ८ वजेको हुँदो हो, वाहिर वाटोमा गाडिको आवाज पातलो हुदै गईरहेको थियो । सामान्यतया जाडोमहिनाको ८ वजे निक्कै राती हुन्छ । त्यसमाथिपनि ईटहरी सानो वजार, सवै पसलहरू चाँडै वन्द हुने नै भए । रातीसम्म खुल्ने दारू पसलका ग्राहकहरू पनि जाडोले गर्दा चाँडै फर्कदै थिए । हामी चढेर आएको वाईकहरू क्रमश पार्किङमा एक्लो हुदै गए । सेकुवा र रोयल स्ट्याग अर्डर गरेर उनिहरू वसेका थिए । मलाई मगाईदिएको दुईवटा तातो स्प्राईट भने आईसकेको थियो ।

राकेशसँग मेरो २ वर्षपछाडि भेट भएको थियो ।

त्यहि खुशिलाई वाहाना पारेर उसले पार्टी आयोजना गरेको थियो । नशालाई हरेकपल्ट कुनै

न कुनै वाहाना मिलिहाल्छ उसलाई त्यसदिन म मिलेको थिए । मैले अगाडिनै उसलाई खान्न भनिसकेको भएपनि त्यसले केहि फरक पारेन । मलाई स्प्राईट खुवाउन भएपनि उसले आयोजना गरिछाड्यो । अनि म हाँसको वथानमा वकुल्लो भए । खाँदै नखाने त हैन तरपनि एकजनामात्र चिनेको ग्रुपमा वसेर खान मननलागेर खान्न भनिदिएको थिए । धन्न उसले कुरा वुझ्यो र कर गरेन ।राम्रै भयो, कर गरेकोभए मेरो केहि लाग्दैनथियो ।

दिउसै भेट भएको भएपनि म उसको घर पुगेको थिईन । वाईकमा यता र उता डुलाएर र को

साथिकोमा लगेर गफ गराउदा गराउदै रात पार्दियो । मैले झोला राख्छु भनेकाले मात्र लगेको रैछ त्यहा पनि । घर जाने कुरै गरेन । भोको पेटमै म उनिहरूको नियमित अड्डामा लगिए ।

वाईकको स्पिडले वोल्न नदिएकाले गर्दा दिँउसो खासै कुराकानी भएन । सामान्य वोलचाल वाहेक । उसले एकाएक वेलुकाको प्लान वनाईहाल्यो । मैले टारेर टर्नेवालापनि थिएन ।

*******

राकेश मेरो क्याम्पस पढेको साथी हो । ईटहरीको विश्व आदर्श कलेजमा हामीले प्लस टु सँगै पढेका हौ । विषय फरक थियो, उ कमर्स र म

आर्टस । तरपनि क्लास नजिकनजिकै भएकाले उ र म मिल्ने साथि भयौ । ईकोनोमिक्सको क्लासले हामीलाई झन नजिक वनायो ।

उ गफ गर्न एकदमै सिपालु थियो ।जुनैपनि विषयमा भाँति पुर्याईपुर्याईकन गफ गर्थ्यो ।त्यहि गफ सुन्न र सुनाउन हामी हरेकपल्ट सर वाहिर निस्किनासाथ वाहिर निस्किन्थ्यौ र सर

पसेपछि मात्र पस्थ्यौ । अहिले संझदा अचम्म लाग्छ, हामीले वार्दलीमा वसेर गफ गर्ने विषय २ वर्षसम्मै कहिल्यै कमि भएनन् । उसले सुनाईरह्यो, मैले सुनिनै रहे ।

उ कहिलेकाँहि लामालामा गफ पनि गर्थ्यो । के के

विषयमा गर्थ्यो अहिले याद छैन तरपनि गफ रोमाञ्चक हुन्थे । उसले लामा गफलाई क्रमश: गरेर सुनाउथ्यो, सर जानुभन्दा अगाडि थोरै, सर गईसकेपछि थोरै र वाँकी टिफिनमा । ति गफ कति रमाईला हुन्थे भने कहिलेकाँहि त मेरो ध्यान सरले

पढाएको कुरामानै जाँदैन थियो । कतिवेला निस्कनु र उसलाई सुन्नु जस्तो हुन्थ्यो । हामी

गफको विचविचमा वेलावेला आशाको झ्यालतिरपनि हेर्थ्यौ । उसको कोठा हाम्रो

कोठावाट सिधा अगाडि पर्थ्यो । दुईतिरवाट कोण

वनेको भवन भएकाले हामीलाई त्यति हेर्ने सुविधा मिलेको थियो, नत्र अर्कोखाले भवन हो भने हामी एकछेउ र अर्कोछेउमा हुन्थ्यौ । राकेशलाई आशा मनपर्थी । उसले मनपर्छ भनेकाले मलाईपनि उ

मनपर्थी ।

क्याम्पसको पहिलो दिन दिउसोको सिफ्टमा पढ्ने

सवैलाई एउटै कक्षामा राखिएको थियो। पहिलो दिन त्यसरिनै चलाउने चलन रहेछ । कमर्सको दुई र आर्टस् को एउटा सेक्सनका हामी सवै कोठामा खचाखच भएका थियौ । पहिलो दिन भएकाले म निक्कै नर्भस पनि भएको थिए । हुनत सवैलाई त्यस्तै भएको थियोहोला तर मेरो कथा अर्कै थियो । म अलिक ढिलो पुगेछु त्यसैले म छिर्दा सवैले म तिर हेरेका थिए । अनि अर्को

कारण, मेरो वरिपरिका सवैजना आपसमा कुरा गर्दै थिए । उनिहरू पहिलादेखिनै चिनजान

भएका रहेछन् जस्तो लाग्यो । एउटै स्कुलवाट

आएका रहेछन् भन्ठाने । सवै नचिनेका थिए भने त्यस्तो हुदैनथियो तर दुईजना चिनजान भएका ठाउमा आफु गएर नया हुनु मलाई पहिलादेखिनै गाह्रो लाग्थ्यो । मैले नर्भस हुनुपरेकैले त्यसदिन कसैलाई चिनिन । वेन्चमा वस्नेलाई पनि । तर पछि थाहा भएपछि पो चुकचुक लाग्यो, उनिहरू सवैको चिनजान त्यहि भएको रहेछ । पहाडतिर त्यति चाँडो चिनजान हुदैनथियो ।

त्यसदिन उ मेरो पछिल्तिर वसेको रहेछ । मैले

पछाडी फर्किएर एकपल्टपनि हेरिन त्यसैले चिनजान हुन पाएन । फेरि एक पिरिएड पछि छुट्टी पनि भैहाल्यो, म त्यसपछि धेरैवेर वसिन , फर्किहाले । उसले मलाई नोटिस गरेछ । म फर्कदैगर्दा वाईकवाट मेरो उठेको कपाल पनि देखेको रहेछ । पछि सुनायो ।

त्यसपछिको पहिलो दिनमै उसँग चिनजान भयो ।

कमर्स र हामीले पढ्ने ईकोनोमिक्स एउटै थियो र

संयोगले पढाउने सर पनि एउटै । मोटो भएपनि ह्याण्सम देखिने चन्दन सर हामीलाई पढाउन आए । सुरू दिनदेखिनै उनको पढाउने शैलि फेमस भयो । उनले ३ वटै क्लासलाई एउटै पारेर राखे र एकैचोटि पढाए । एकपटकमा ३ क्लास खत्तम र त्यो पनि १५ मिनेट मात्र पढाएर , १५ मिनेट ढिलो आयो र १५ मिनेट छिटो गयो । हामीले पहिलो दिननै संका गर्यौ, 'हैन यिनले यो चालमा पढाएर कोर्स सक्लान?' । तर पछि हामी गलत सावित भयौ । उनको कोर्स सवैभन्दा पहिला सकियो ।

पछि त्यहि क्लास हाम्रो गफको स्वर्ग सावित भयो । चिनजान भएको दिनदेखि कलेज छोड्ने दिनसम्ममा कयौ गफहरू हामीले त्यहि क्लासमा वसेर गर्यौ ।

----

उसका वावु ईटहरिका नामी जग्गा दलाल थिए ।

लामो समयको अनुभव भएका । उनको नाम

लिदामात्रपनि जग्गा विक्छ भन्ने हल्ला सुनिन्थ्यो । मानिसहरू उनिमार्फत जग्गा

किन्न तँछाडमछाड गर्थे । त्यो किन पनि भने

उनको राजनैतिक दल र स्थानिय गुण्डाहरूसँग राम्रो उठवस थियो । उनिमार्फत जग्गा किन्दा अलिक महङ्गो परेपनि स्थानिय गुण्डाहरूको कुनै डर नहुने भएकाले मानिसहरू प्राय उनलाईनै खोज्थे । त्यसैको प्रभावमा उनले अथाह सम्पति कमाएका थिए । ईटहरिको विराटनगर लाईनमा उनको आलिसान महल थियो ।

उ परिवारको एक्लो छोरो थियो । त्यत्रो सम्पतिको हुनेवाला एक्लो मालिक । पैसाको कुनै कमि थिएन । त्यसको प्रभाव उसको लगाईखुवाई र खर्च गर्ने वानीले प्रश्ठ देखाउथे । रातो भि.आर. १८० सिसि वाईकमा महङ्गा महङ्गा व्रान्डेड सामानहरू लगाएर घुम्नु उसको मुख्य शोख थियो । विशेषगरि उ टिम्वरल्याण्ड र जाराका जुत्ता र पेटिमा धेरै खर्च गर्थ्यो । कलेज जाँदा भने गगल्स र हेलमेट उसको स्टाईल देखाउने साधन थिए । ड्रेस लाउनु परेकाले ।

उ वाईक र पर्सको कन्डिसनमा विशेष ध्यान दिन्थ्यो । पर्समा चाहिनेभन्दा वढि पैसा र वाईकमा हरेक समय फुल ट्याङ्कि तेल । 'गर्लफ्रेन्ड वनाउन यि दुईकुरामा सँधै कन्डिसन चाहिन्छ' उ भन्थ्यो ।

वजारमा आएका प्राय नया स्टाईलका सामान उसलाई किनिहाल्नु पर्थ्यो । सवै लगाउदैनथ्यो ।एक्लो मान्छेले लाउथ्यो पनि कति । उ या त त्यस्ता सामान किनेर घरमा थन्क्याउथ्यो या त एक दुईदिन लगाएर केटाहरूलाई वाँढ्थ्यो । एउटा पाईन्ट मलाईपनि खुव मनपरेको थियो । तर साईज ठुलो भएकाले लगाउन पाईन ।

तर आर्थिक सम्पन्ताको पाटोलाई उसले कहिल्यै महत्वभने दिएन । ज्यादै हल्का सोच्थ्यो, 'वाउले दिन्छन् म सक्छु । उनले मलाई खुशि पार्न दिएका हुन् ।संसार यस्तै छ समय दिन नसक्नेले पैसा दिन्छन् ,समय दिनेले पैसा दिन सक्दैनन् ।' उसको सम्पतिप्रतिको वुझाई यस्तै थियो ।

उ परिवारमा अन्य सदस्य भएर पनि एक्लो थियो । कसैले उसको लागी समय दिदैनथे सिवाय पैसा । उ सुत्दा वाउ आएकै हुदैनथे, उठ्दा गैसकेका हुन्थे । सौतेनी आमा हत्पति छेवै पर्दिनथिईन घरमा खाना पकाउने भान्सेवाहेक उसँग घरमा वोल्दिने कोहि हुदैनथिए ।

उ वाउलाई कृणा गर्थ्यो । दोस्रो विवाह गरेकाले । सौतेनी आमाप्रति कुनै गुनासो नभएपनि वाउप्रति उसको ठुलो गुनासो थियो । त्यो किनपनि भने आमा वितेको ६ दिनमै वाउले विवाह गरेका थिए । मानिसहरू उसलाई कहिलेकाहि त्यहि कुरा सुनाएर जिस्काउथे ।

उसको आमावुवाको हरेकदिन झगडा भैरहन्थ्यो ।कहिलेकाँहि कुटाकुट पनि हुन्थ्यो । उ सानै भएकाले लाचार भएर हेर्नुवाहेक केहि गर्नसक्ने अवस्थामा पनि थिएन । यस्तैमा एकरात झगडा भएको भोलिपल्ट उसकि आमा झुण्डिएको अवस्थामा भेटिएकि थिईन् । तर उसले त्यसलाई आत्महत्या हो भनेर कहिल्यै मानेन । त्यसपछिका प्रत्येक दिनहरूमा उसले वाउलाई हत्याराको रूपमा मात्र हेरिरह्यो ।

त्यसकारणपनि उ साथिहरूलाई परिवारलाई भन्दा ज्यादा महत्व दिन्थ्यो । हाम्रो लागी निष्फिक्री खर्च गर्न नहिचकिचाउनुको कारण पनि त्यहि थियोहोला सायद । फेरि नशालु पदार्थको खासै ठुलो लत नभएकाले पनि उसको पैसा वच्थ्यो ।

अनि त के चाहियो, उ सँग गएको वेला कतै पनि पैसा तिर्न दिदैनथियो । मलाई याद भएसम्म दुई वर्षमा क्यान्टिनमा मैले ५ पटकमात्र पैसा तिरे । उ नआएको वेलामात्र । मैले आफै तिर्छु भनेर धेरैपल्ट घुर्की लगाउदा उसले एउटै कुरामात्र दोहोर्याईरहयो, " मेरो हुदा तँ सक तेरो हुदा म सक्छु । "

---------

"अव दश वज्योहोला, मोवाईल ले । म कल गर्छु । ए साउजी अरू ३ प्याक थप्दिनुस ।" राकेश लर्वरिदै ठुलोस्वरमा करायो । सवैले उसको मुखतिर हेरे । म पनि फ्लासव्याकवाट वर्तमानमा झरे ।

" अव नथपुम हुन्दे, आजलाई भयो । जानुपर्छ यार ढिलो भैसक्यो । " अर्को साथिले थप्ने कुरालाई नकार्दै भन्यो ।

"वरू चुरोट किनेर जाम । चौतारामा वसेर फोन गरौला ।" कुनामा वस्नेले लय मिलाएर कुरा सक्यो ।उसको कुरो हरेकपल्ट फाइनल नै हुनेरैछ जस्तो लाग्यो ।

टेवलका सवैथोक खालि भईसकेका थिए । पेय सवै रातो रङ भएर उनिहरूको अनुहारमा छापिईसकेको थियो । स्वरमा गफ को मात्रा वढ्दैगएको थियो । थप्ने कुरा गरेको भएपनि सँगै वसेका साथिहरूले नथप्ने भएपछि उ पनि उठ्न राजी भयो । मलाई पनि उठिदिए हुन्थ्यो जस्तो लागिरहेको थियो ।

होटलवाला दाईले पनि हामी उठ्ने भन्ने सुनेर उज्यालो मुख लाए । अघिदेखिनै उनलाई निन्द्रा लागिरहेको थियो । जाडोले गर्दा वेलावेला ठुलोठुलो हाई गर्दै थिए । हामी गईदिए हुन्थ्यो भन्ने लागेको हुनसक्थ्यो । तर पेशानै त्यस्तै भएकाले केहि भनेनन् ।

राकेश उठ्नासाथ धर्खरियो । उसले अरूभन्दा वढि नै पिएको थियो । संभवत पहिलोपल्ट । मैले समातिदिएर काउन्टरसम्म ल्याए । तर त्यसमा कुनै प्रतिकृया नदिई उसले एक वट्टा सूर्य चुरोट थपेर सवै पैसा तिर्यो ।

उसले पहिलोपल्ट वाईक चलाउन मानेन पछाडि वस्यो । वाईक कन्डिसनमा थिएन ।

त्यसपछि हामी चौतारामा आयौ ।फोन गर्न । पश्चिमवाट चिसो हावा चलिरहेको थियो । एक हुल कुकर नजिकै गुडुल्किएर सुतिरहेका थिए । केटाहरू पनि त्यसरिनै एकआपसमा सिराने लागेर लडे । मातेको सुरमा चिसो भुईको वास्ता कसले गर्ने?

नमातेको म भने निन्द्राले चुर भईरहेको थिए ।घर जान मन थियो ।

एकछिनमा चुरोटको वाक्लो धुँवाँसँगै केटाहरू फोन लगाउन थाले । एनसेलमा फोन गएको संकेत दिँदै आवाज एकनासले वजिरह्ययो तर धेरैवेरमा पनि फोन उठेन । म फेरि फ्लासव्याकमा फर्किए ।

********

"मैले त्यसको नम्वर ल्याए नि । "

"कसको??"

"त्यहि हौ आशाको । म कस्को नम्वर

खोज्छुजस्तो लाग्छ?"

"वाहु हो र? कहाँवाट ल्याईस नि, कसले दियो?, आफै माग्ने त हिम्मत पुर्याईनस होला । "

"चुप मुला म तँजस्तो डरपोक हो? आफै मागे

नि । अस्ति एउटि साथिको विहेमा भेट

भएको थियो क्या । अव तँ वस हेर्दैमात्र

जा न तेरो दाजुको के के हुन्छ यहा । " ।

दाजुले धेरैपल्ट त्यस्तो भनिसकेको थियो । तर

आजसम्म केहि भएको थिएन । मैले पत्याएजस्तो मात्र गरिदिए ।तर भेट भएको भने साँच्चिनै रहेछ ।नम्वर भने उसकि को वहिनी पर्नेले जुटाईदिछन् ।

नम्वर लिएको एक दुईदिनसम्म उसले फोन गरेन । मिसकलसम्म पनि गरेन । हिम्मत भएनछ क्यारे । गरेको भए सुनाईहाल्थ्यो ।

चारदिनपछि भने कुराको अपडेट सुरू भयो । उसले हिम्मत गरेर मिसकल गरेछ । आशाले पनि फर्काईछे । अनि त के चाहियो, मुटु ढुकढुक पार्दै लामो समय लगाएर म्यासेज पठाएछ । दुईपेज लामो । त्यसको पनि रिप्लाई आएछ । त्यसपछि फोन....उसले हरेकदिन फोनमा वोलेको कुरा सुनाउन थाल्यो ।

एक कान दुईकान हुदै उनिहरूको कुरा हुन थालेको कुरा कलेजभरि फैलियो । त्यसमा मैले अहम् भुमिका निर्वाह गरे । उनिहरू दुवैजनाले चर्को प्रतिकृया नदिएपछि त झन् हाम्रो हौसला दोव्वर भयो ।

ईकोनोमिक्स पढ्न आशा पनि हाम्रै कोठामा आँउथी । त्यतिवेला दुईजनानै एउटै कोठामा हुन्थे । गाँईगुई चलेको हल्ला विस्तारै फैलदै गएकाले

उनिहरू एकअर्कालाई हेर्न पनि लजाउन थालेका थिए । त्यसले हामीलाई झन् उक्साउथ्यो । हामी दुईजना नक्कलि पात्र वनाएर उनिहरूको कथा दुरूस्तै सुनाउथ्यौ । पात्रको नाम प्राय 'दाजु' र 'भाउजु' राखिन्थ्यो ।"दाजुले एकदिन भाउजुको नम्मर ल्याउनुभएछ.....", यस्तै तरिकाले ।

एकदिन राकेश विहानै मेरो कोठामा आयो । मुख

पनि राम्रोसँग नधोई । उसको आखाको छेउमा कचेरा भरिएको थियो । आखा अलिअलि सुन्निएको पनि थियो । उ रातभर सुतेको रहेनछ जस्तो लाग्यो । सोधे, "रातभर सुतिनस्? के भयो?" । उसले सविस्तार लगायो । आशालाई रातिनै प्रपोज गरेछ । उसले केहिदिनमा जवाफ दिने भनिछे । अनि उसको निद हराम भएछ । मैले हौसला दिएर पठाए । भने, "चिन्ता नलि मुला, जवाफ कुरेर वस् । मलाई लाग्छ उसले ओके भन्छे । तँ पनि कम काँ छस् हौ । दाजु पो होस् त । " जानेवेलामा उसले मलाई पुलुक्क हेरेर हाँस्यो ।

चारदिनमा उसले ओके जवाफ पाएसँगै हाम्रो जिस्काउने पेशा वन्द भयो । उनिहरू जोडि भए । क्याम्पसमा सवैलाई थाहा भयो । चन्दन सरले पनि थाहा पाएछन् ।

राकेशले त्यसपछि पनि वार्दलीमा मलाई राखेर गफ दिन छोडेन । क्रमश: वनाएर छोड्नुपर्ने लामालामा गफहरू अरू थपिए । धेरैजसो गफहरू उसका र आशाकानै हुन्थे । उ कहिले भेडेटार घुम्न

गएको कुरा सुनाउथ्यो त कहिले गोरखा किचनमा खान गएको । उनिहरूले लिईरहेको प्रेमको आनन्दका कैयन किस्सा र घटनाहरू सुनेर म

मोहित हुन्थे । घरिघरि मलाईपनि ईर्श्याले गर्लफ्रेन्ड वनाईहाल्ने जोश पनि आउथ्यो । तर हिम्मत गरिन । उ कहिलेकाहि म सँग सल्लाह पनि लिन्थ्यो उसलाई कसरि खुशि राख्ने भनेर । म पनि गफ सुनेर एकदम अनुभवि भएको दिमाग लगाएर उसलाई सल्लाह दिन्थे । १० कक्षा पढ्न खाँदवारिमा वस्दा कोठानजिकै वस्ने पिम्वा दाईले

सुनाएका रोमान्टिक कथाहरू त्यतिवेला खुव काम लागे । संयोग नै होला, "तैले सिकाएको कुराले काम गर्छ" उ भन्थ्यो ।

१२ कक्षा सकेर हामी नछुटुन्जेल सम्म उनिहरूको सम्वन्ध निक्कै गहिरो र लोभलाग्दो भईसकेको थियो । उसले आफुलाई एक्लो महशुस गर्न छोडेको थियो । त्यसपछि म विराटनगर आँए । अलिक व्यस्तता पनि वढ्यो यता आएपछि । नजिकै भएपनि लामो समयसम्म ईटहरी जाने साहित जुरेन । उसँगको फोन सम्पर्क पनि विस्तारै पातलियो । उसको फेसवुक नचलाउने वानीले झनै टाडा पार्यो ।

+++++++

"अरे फोन त उठा, कति सुत्छेस । म तँलाई फोन गर्न भनेर यतिन्जेलसम्म जागै वसेको छु । तँलाई भने वास्ता नै छैन । हेर यो सव गरेको मैले तेरै लागी त हो । पहिला तँ नशा, अहिले तँलाई भुलाउन यो नशा । मलाईत तेरो वोलिको पनि नशा छ हेर ।" धेरैवेर फोन लाग्दापनि फोन नउठेपछि राकेश वर्वरायो । मातेर लर्वरिएको उसको

ठुलो आवाज गुञ्जिएर परसम्म पुग्यो । मेरो दिमागको पनि भित्रैसम्म । उसलाई त्यस्तो वोलिमा मैले पहिला कहिल्यै सुनेको थिईन । नजिकै सुतिरहेको कुकुर तर्सिएर उठ्यो ।

"चिन्ता नलेन यार नम्वर नचिनेर नउठाकि होली ।

मेरो नम्वर थाहा छैन नि त त्यसलाई । "मोवाईल दिनेले अलिकति हौसला वाढिदियो ।

" साली जस्तो दाजु त्यस्तै वहिनी छे यार,

त्यसको साला दाजुपनि फोन उठाउदैन रे

नचिनेको नम्वरको । " उसले दाजुमाथि पनि शाव्दिक हमला गर्यो । अश्लिल शव्द मिसाएर ।

"हुन्दे अव त्यसको कुरा गरेर के फाईदा, फोन उठाकि भा पो त्यसलाईनै भन्नु । अव त्यसलाई फोन गर्न नै छोडिदिनुपर्छ । यस्तो जाडोमा यतिरातिसम्म वस्यो केहि न केहि । जुत्ता च्यातियोभने त फाल्ने पो हो त अफ्ट्यारो गरिगरि लाएर हिँड्ने हो र ? संझि कि त्यो जुत्ता हो, च्यातिई, अव नया किन्नुपर्छ । " अघि कुनामा वसेर वोल्नेले लामो समय लिएर कुरा सक्यो ।

राकेश त्यसपछि केहि वोलेन । उसलाई पनि त्यहि लागिरहेको हुनसक्छ ।

१२ वजेपछि घर पुगियो । त्यहि झोला राखेको साथिको घर । उसले मलाई उसको घरसम्म पुर्याउन चाहेन ।किन सोध्न पनि पाईन । एकदमै थकित र निराश भएर उ साथीको खाटमा पल्टियो । म उसलाई ठेलेर छेउतिर सुते । सुत्नासाथ उ निदाईहाल्यो । केटाहरू पल्लोकोठाका रहेछन् । वत्ति निभाईदिएर गए । त्यो कोठामा वस्नेचाँहि घर गएको रहेछ ।

चिसोमा लामोसमय वसेकाफे मलाई निन्द्रा लागेन । राकेशको वदलिएको अनुहार सोचेर वसिरहे । अघि चौतारामा लागेको निन्द्रा पनि सपनाजस्तो भयो । म उसको घर आउदा रातभर गफ गरेर नथाक्ने राकेश मेरो छेउमै सुतेको थियो । एकशव्द नवोलि । उ किन त्यस्तो भयो? कहिलेदेखि? आशासँग के भयो? उ अहिले कहाँ छे? कुनै कुराको पनि भेउ पाउन सकिन । उसले केहि भन्दापनि भनेन खालि मलाई अनुमान गर्ने पारेर छाडिदियो ।

भोलिपल्ट विहानै विराटनगर फर्किनु थियो ।त्यसैले अनिदोनै भएपनि सवेरै निस्किए ।म हिँड्दा राकेश सुतिनै रहेको थियो । उठाउन खोज्दा नउठ्ने गरि । मैले वाई भनेको पनि सायद सुनेन होला । निन्द्राकै सुरमा 'ल' चाहि भन्यो ।

वसपार्क गएर वस चढे । विहानै भएकाले मान्छे कमै थिए । वस कुदिहाल्यो । राकेश सुतेको कोठाको झ्याल एकछिनमै छेलियो ।

विराटनगर लाईनमा वस एकछिन रोक्यो । नया यात्रु थप्न । खलासी गाडि छोडे परपरसम्म यात्रु टिप्न गयो । म झ्यालवाहिर नजर डुलाउन थाले ।

अचानक एउटा नया दृश्य देखेपछि मेरो आँखा विजाएजस्तो भयो । सारा संसार एकैपल्ट आँखाभित्र छिरेजस्तो । एक सेकेण्ड पनि नलगाई कलेज सुरू भएको दिनदेखि म वसमा वसेसम्मका सारा कुरा चलचित्र जस्तै भएर फास्ट फरवार्ड भए । तर मैले धेरैवेरमा केवल दुई पात्रमात्र ठम्याउन सके । दृश्यमा राकेश पात्र ओछ्यानमा सुतिरहेको देखियो , आशा पात्र नजिकैको राधाकृष्ण मन्दिर तिर जाँदैगरेको सानो कारमा वेउली भएर गएको देखिई । गाडि चल्नासाथ म पात्रले पनि ईटहरी छोड्यो ।

समाप्त

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्