मोरङको वाहुनी ९ राधानगरमा करिब २६ बर्ष अघि उत्खनन् गरिएको पेट्रोलियम खानीको सत्यतथ्य सार्बजनिक गर्नु पर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

<span class='c1'>मोरङको वाहुनी ९ राधानगरमा करिब २६ बर्ष अघि उत्खनन् गरिएको पेट्रोलियम खानीको सत्यतथ्य</span> <span class='c2'>सार्बजनिक गर्नु पर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र</span>

मोरङको वाहुनी ९ राधानगरमा करिब २६ बर्ष अघि उत्खनन् गरिएको पेट्रोलियम खानीको सत्यतथ्य सार्बजनिक गर्नु पर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
खानीमा पेट्रोलियम पदार्थ भेटिएको भएपनि एक बर्ष उत्खन्न गरेर पछि त्यसै छोडेको भन्दै आज दलका प्रतिनिधीसहित आएको टोलीले प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की मार्फत प्रधानमन्त्री सुसिल कोइरालालाई ध्यानाकर्षण गराएको हो ।
खानी उत्खन्न गरेरको स्थानको ५ विगाह जग्गा अधिग्रहण गरि अहिले सम्म दुई जना कर्मचारी राखीएको छ । तर खानीमा पेट्रोलियम पदार्थ भए नभएको सत्य तथ्य भने अझै बाहीर नआएको भन्दै सत्य तथ्य बाहिर ल्याउन दबाव दिन परिर्वतनका लागी यूवा समुह नेपालले स्थानीयको हस्ताक्षर संकलन गरि प्रधानमन्त्री कार्यालयमा पठाएको छ ।
२०४५ सालमा उत्खन्न गरिएको भएपनि अहिलेसम्म पेट्रोलियम पदार्थ भेटिएको नभेटिएको जानकारी नआएको सभाषद ऋषिकेश पोखरेलले बताउनु भयो । उहाँले यसको सत्यतथ्यबारे सर्बसाधारणलाई जानकारी गराउनु पर्ने माग गर्नु भयो । यस्तै एमाले अध्यक्ष महेश रेग्मीले उत्खन्न गरिएको स्थानको प्रतिबेदन सार्बजनिक गर्न माग गर्नू भयो ।
राष्ट्रिय तथा स्थानीय महत्वका विषयलाई उजागर गर्दै जाने अभियान अन्र्तगत पेट्रोलियम खानी उत्खन्न पछिको प्रतिबेदन सार्बजनिक गराउन दवाब दिने उदेश्यले हस्ताक्षर संकलन गरि प्रधानमन्त्रीलाई पठाएको यूवा समुह नेपालका अध्यक्ष असोक पौडेलले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्