जिल्ला विकास समिति इलामले चालु आवमा वर्षाैंअघिको समेत गरी ७७.८३ प्रतिशत बेरुजु फछ्र्योट

जिल्ला विकास समिति इलामले चालु आवमा वर्षाैंअघिको समेत गरी ७७.८३ प्रतिशत बेरुजु फछ्र्योट

जिल्ला विकास समिति इलामले चालु आवमा वर्षाैंअघिको समेत गरी ७७.८३ प्रतिशत बेरुजु फछ्र्योट गरेको छ ।
बेरुजुलाई शून्यमा झार्ने जिविसको लक्ष्यअनुसार विगत दुई दशकभन्दा बढीको जम्मा रु आठ करोड ५७ लाख बेरुजु रहेकामा पौने सात करोड बेरुजु फछ्र्योट गरेको हो ।
जिविसका लेखापाल मदनलहरी आचार्यले बेरुजु रहेका व्यक्ति, कर्मचारी र सङ्घ संस्थालाई भुक्तानीमा कडाइ र वर्षाैंदेखिको बेरुजु फछ्र्योट बिल, भर्पाई माग गरेर ताकेता गरेपछि बेरुजु फछ्र्योट दर बढेको बताउनुभयो ।
आर्थिक वर्ष २०५१÷०५२ देखि आव ०६९÷७० सम्म जिविसमा रु आठ करोड ५७ लाख बेरुजु रहेकामा विगत १० महिनामा रु छ करोड ६७ लाख चार हजार १४४ बेरुजु फछ्र्योट गरिएको हो ।

सबैभन्दा बढी सामाजिक सुरक्षा भत्ताबापतको रु चार करोड ३५ लाख, विभिन्न शीर्षकको पुरानो पेस्की रु ८५ लाख ६२ हजारलगायतका बेरुजु फछ्र्योट गरिएको जिविसले जनाएको छ ।
............

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्