बिजुलीको पोलबाट खसेर मृत्यु

बिजुलीको पोलबाट खसेर मृत्यु

बिजुलीको पोलबाट खसेर मोरङको शिशवनीजहदा– ५ का मुन्ना ठाकुरको मृत्यु भएको छ । सुरक्षाको लागि लगाइएको बेल्ट टुटेर उनी पोलबाट एघार मिटर तल सडकमा खसेपछि उनको मृत्यु भएको हो । उनका आफन्तहरुले प्राधिकरणको लापरवाहीवाट यो घटना भएको भन्दै आरोप लगाएका छन् ।
नेपाल विद्युत प्राधिकरण कटहरी फ्यूज शाखामा कार्यरत उनी आज बिहान बिजुलीको तार मर्मत गर्न पोलमा चढेका थिए । सुरक्षाका लागि लगाइने बेल्ट प्राधिकरणको स्टोरबाट उनले आजै निकालेर लगाएको भएपनि बेल्ट चुंडिएर उनी पोलबाट एघार मिटर तल सडकमा खसेपछि उनको घटना स्थलमै मृत्यु भएको हो । आफन्तहरुले बेल्ट गुणस्तरहिन भएकाले सो घटना भएको आरोप लगाएका छन् ।
४२ वर्षिय मृतक ठाकुरको शव कोशीअञ्चल अस्पतालमा पोष्टमार्टम गरिएको छ । उनका आफन्तहरुले प्राधिकरणको लापरवाहीवाट यो घटना भएको भन्दै क्षतिपुर्तिको माग गरेका छन् । उनका आफन्तहरुले नया बेल्ट भएपनि प्राधिकरणले कमसल सामाग्री खरिद गरेको भन्दै त्यसको छानविन गर्न माग गरेका छन् ।
विद्युत प्राधिकरण विराटनगरका कर्मचारीहरुले ठाकुरलाई क्षतिपुर्ती दिलाउन कर्मचारी संघ संगठनहरुले सक्दो पहल गर्ने जनाएका छन् । उनलाई क्षतिपुर्तिको व्यवस्था नगरिए आफुहरु आन्दोलित हुने उनिहरुको भनाई छ । उनका दुई छोरा र श्रीमति छन् । उनी प्राधिकरणमा जुनियर हेल्परका रुपमा दैनिक ज्यालादारीमा विगत ८ वर्षदेखि कार्यरत थिए । यता विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र कार्यालयका प्रमुख नवराज सुवेदिले यस विषयमा आवश्यक छानविन गरिने जानकारी गराउनुभएको छ । कटहरी फ्युज शाखाका प्रमुख सविन दाहालले घटनाले आफुलाइ दुखित वनाएको भन्दै कमसल सुरक्षा बेल्टको विषयमा अनुसन्धान गरिने बताउनुभयो ।
उहांले ज्यालादारी कर्मचारीहरुको इन्स्योरेन्स नगरिने भएपनि उनलाई राहत स्वरुप क्षतिपुर्ति उपलब्ध गराईने जानकारी दिनुभयो । अघिल्लो वर्ष पनि प्राधिकरण कर्मचारी माइलक राइको पोलबाट लडेर मृत्यु भएको थियो भने विजय चौधरी पोलबाट लडेर गम्भीर घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्