हामी असल वा खराब ? – पुरुसोतम भण्डारी

हामी असल वा खराब ? – पुरुसोतम भण्डारी

 

के तपाईं हरेक कुरामा खोट देखाएर  छि-छि ! र दुर-दुर गर्नु हुन्छ कि खोट भएको कुरो थाहा पाएर पनि त्यस्ता कुरा लाई नजर-अन्दाज गरेर  राम्रोपक्ष को बयान  गर्नुहुन्छ ?कुनै पनि व्यक्ति प्रति चाहिं तपाइंको धारणा कस्तो हुन्छ नि  , सकारात्मक कि नकारात्मक ?  त्यस्ता व्यक्तिहरुआफन्त पनि हुन् सक्छन कि  पराई  पनि हुनसक्छन  ? कस्ता व्यक्ति को चाहिं खोट नै खोट देख्नु हुन्छ र कस्ताको चाहिं गुण नै गुण  देख्नु हुन्छ?आफन्त को चाहिं गुनै-गुन देख्ने तर पराईको चाहिं अवगुण मात्रै देख्ने  बानि त छैन ? वा भनौं , यसको  ठिक उल्टो पो सोच्नुहुन्छ  कि ?जुनसुकैकुरामा पनि सकारात्मक हुनै पर्छ भन्या हैन , किनभने नकारात्मक धारणा पनि मानवीय चरित्र भित्र नै पर्छ ! फरक यत्ति हो कि  चाहे सकारात्मकहोस् या चाहे नकारात्मक गुण होस् , धेरै वा अत्ति  हुनु चाहिं  नराम्रो हो ! सहि मात्रामा सकारात्मक हुनुहुन्छ भने धेरै राम्रो तर बढी मात्रामा नकारात्मक हुनुहुन्छ भने चाहिं धेरै नराम्रो !

पल्लो घरको गाई /बाख्रा/खसी अचानक फुकेछ , उनीहरुलाई थाहा नै छैन ! तपाइंले देख्नुभयो कि त्यो जनावरले त तपाइंले भर्खर हुर्काएको साग /तोरी/अन्य तरकारी धमा-धम खाँदै रहेछ ! तपाईं ठुलो-ठुलो स्वरले कराउंदै , छिमेकीलाई गालि गर्दै र असंयमित  हुँदै , त्यो जन्तुलाई लामो लाठोलिएर कुटेर धपाउनु हुन्छ कि ज्या है ,सखापै पो पारेछ , आज पल्लो  घरकाले  राम्ररि बाँध्न पो बिर्सिएछ्न भन्दै , त्यो जन्तुलाई च्याप्प समातेरबाहिरतिर लगेर बाँधीदिनुहुन्छ वा सुचना दिनुहुन्छ  ? पहिले कहिल्यै त्यसरी गाई-बस्तु नछोड्ने छिमेकी भए के गर्नुहुन्छ ? पहिला पनि पटक-पटक  त्यसरी नै गाइ-बस्तु छोडेर तपाइंको तरकारी-बारी  नै  सत्यानास पारेका भए के गर्नुहुन्छ नि ? यस्ता परिस्थिहरु बाट कत्तिको गुज्रिनुभएको छ ? साना कुरालाई पनि उचालेर ठुलो पार्ने वा ठुला कुरालाई पनि सामान्यीकरण गर्ने जिम्मा हाम्रै हात मा छ ! चाहे छिमेकी संगको कुरोहोस् वा चाहे साथि-भाई संग को कुरो होस् वा चाहे आफ्नै घर-परिवार भित्रको कुरो होस् , तपाईं हामि कस्ता तरिका अपनाएर प्रतिक्रिया दिन्छौं त ,सकारात्मकरुपले वा नकारात्मकरुपले ?

अहिले हामिले  हाम्रो पूर्ण -उमेरमा जे-जस्तो ब्यबहार गर्दैछौं , त्यस्ता ब्यबहारहरु हामीले सानै देखि सिकेर अभ्यास गर्दै आईरहेका हुन्छौं !हामीलेअभ्यास गरेका कुराहरु नै हाम्रा बानि भैसकेका हुन्छन ! हाम्रा बानिहरुले हाम्रो व्यक्तित्व झल्काउने गर्छन ! राम्रा बानिहरुमा अभ्यस्त भएका हुन्छौंभने राम्रो व्यक्तित्व बनाइसकेका हुन्छौं , अर्कोतर्फ नराम्रा बानिहरुमा अभ्यस्त भएका हुन्छौं भने हाम्रो व्यक्तित्व पनि नराम्रो  भैसकेको हुन्छ !कसै-कसैको चाहिं घर-भित्र  राम्रो तर घर-बाहिर नराम्रो व्यक्तित्व हुन्छ भने कसै-कसैको त्यसको ठिक बिपरित पनि हुन्छ ! घर-भित्र नराम्रो तरघर-बाहिर देउता जस्तो , राम्रै -राम्रो ! अर्कोतर्फ , कसै-कसैको चाहिं हेर्नु , न घर भित्र  राम्रो, न घर-बाहिर राम्रो , न घर-भित्र नराम्रो , न घर-बाहिरनराम्रो !एउतै व्यक्तिमा पनि ठाऊँ अनुसार फरक-फरक बानि-व्यहोरा , किन होला ?

यहाँ  एउटा बडो रमाइलो घटना प्रस्तुत गरिन्छ , जुन यस प्रकार छ :

एउटा घरमा जुवाडे-तासेहरु  भेला भएर  रमाईलो गर्दा रहेछन ! घरका मालिक पनि  सामेल हुदा रहेछन ! तास खेलिरहेको बेला  कसैको परवाहनगरी ठुलो-ठुलो श्वर ले  वायु छोडदारहेछन !ल्यान्तेहरुको जहीं पनि  बिग-बिगी हुन्छ ! त्याहाँ पनि  ल्यान्तेहरु त घरमालिक को वायु  बिष्फोटनको  खुबै प्रशंशा गर्दारहेछन !एक दिन एउटा नौलो खेलाडी पनि  त्याहाँ पुगेछ  र त्याहाँको त्यस्तो लाजमर्दो दृष्य देखेर  छाक्कपरेछ ! एक-दूई  दिनत चुप लागेछ ! एकदिन त असह्य भएछ र  जुरुक्क उठेर  घरमालिक लाई  सात्तो खानेगरी हप्काएछ ," तेरी......, तैंले हामीलाई  हेपेर ब्यबहार गर्ने? तेरा ........हेपाईको पनि एउटा सिमा पो हुन्छ हौ ! फलाना-फलाना का अगाडी  यसै गर्न सक्छस ? हेपाईको पनि एउटा पराकाष्टा पो देखाईस हौ!"भोलिपल्ट देखि त्यो घर-मालिक को वायु को सात्तो  गएथ्यो अरे !यो घटनाको उल्लेख गरेर कुन कुरा बताउन खोजिंदै छ भने  मानिसले  लोक-लाज को डरराखेर काम गर्यो भने पनि व्यक्तित्व राम्रो पार्न सक्छ !

अन्त्यमा, हामि हाम्रो व्यक्तित्व बनाउन के-कस्ता कुरामा ध्यान दिन्छौं त ? हामीले हाम्रा बाल-बालिका लाई कसरि हुर्काउँदै  छौं त ?हामीले हाम्रोबाल्य-कालमा कस्तो वातावरणमा हुर्किने मौका पायौं नि ? हाम्रो बाल्यकाल सकारात्मक वातावरण मा  बित्यो कि नकारात्मक वातावरण मा नि ?अहिले हामि अरु प्रति कस्ता ब्यबहार गर्छौं र हामीले बाहिरि र भित्रि कस्तो व्यक्तित्व बनाएका छौं नि ? अहिले चाहिं हामि हाम्रो आफ्नै व्यक्तित्वसंग सन्तुष्ट छौं कि छैनौ नि ? सन्तुष्ट छौं भने त्यहि अनुरुप हाम्रा बाल-बालिका लाई हुर्काउदै छौं कि छैनौं त ? वा भनौ अरुको नजर मा हामीलेहाम्रो व्यक्तित्व बनाउन सकेनौं जस्तो लाग्छ भने हामि हाम्रा बाल-बालिका को व्यक्तित्व राम्रो बनाउनको लागि के के त्याग-र तपस्या गर्दै छौं   त  ? कि संसार ले जेसुकै भनोस , भनिरहोस भन्दै आफु पनि खराब व्यक्तित्व भएको र आफ्ना बाल-बालिका लाई पनि त्यहि बाटोमा हिंडाईरहनुभएको त छैन ? होस् गरौँ ! बेलैमा चेतौं !

 

पुरु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्