`भ्यालेन्टाईन डे´मा विराटनगरमा सविन राईको संगीतमय साँझ

<span class='c1'>`भ्यालेन्टाईन डे´मा विराटनगरमा सविन</span> <span class='c2'>राईको संगीतमय साँझ</span>

विराटनगर । यसपटकको भ्यालेनटाईन डे अर्थात प्रेम दिवस विराटनगरमा सविन राईको संगीतमय साँझ हुने भएको छ ।

विराटनगरका संगीत प्रेमीहरुको लागि अहिलेका युवा पुस्तामा निकै नै रुचाइएका गायक सविन राई एण्ड ‘फारोह’ व्याण्डले प्रेम दिवसमा संगीतमय बनाउने भएको छ ।

मन्जिना फाउन्डेसन नेपालको आयोजना तथा विराटनगरका युवाहरुको सहकार्यमा फेब्रअरी १४ अर्थात फागुन २ गते विराटनगरको हाटखोला मैदानमा भव्य सांगीतिक साँझ हुने भएको हो । संगीत क्षेत्रमा झण्डै दुई दशक बिताइसकेका सविन राई नेपाली रक तथा पप संगीतमा एक फरक पहिचान बनाएका गायक हुन् । उनको स्टेज पर्फमेन्सलाई विशेष रुचाइने भएकाले यस साँगितिक साँझमा दर्शकहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले अपेक्षा गरिएको छ । यसका लागि आयोजकले विराटनगरका विभिन्न स्थानहरुमा टिकट बिक्रीका लागि खुल्ला गरिसकेको छ । आयोजक कमिटिका जतिन ताम्राकारका अनुसार विराटनगर ट्राफिक चौकमा रहेको ‘द न्यु सप , रेन्बो गल्लीको रेड मड क्याफे , एयरर्पोटको चिया स्टेशन, रानी मिल्श एरीयामा रहेको माङहाङ होटल, दि लोकल्स, जे एन एल फुटसल , हिमालयरोडको सनराईज मोवाईल पसल लगायत माई पेबाट अनलाईन टिकेट लिन सकिनेछ । टिकटको मुल्य भिआईपी एक हजार, प्रि सेल २ सय र ईनडोर ३ सय रहेको ताम्राकारले जानकारी दिए ।

उक्त कार्यक्रमको मिडिया पाटनर आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्